९ चैत्र २०८२, सोमबार

पूर्वमुख्यसचिव अर्याललाई सफाइ दिने फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा पुनरावेदन


डा. बैकुण्ठ अर्याल

काठमाडौं । पूर्वमुख्यसचिव बैकुण्ठ अर्याललाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

अन्त शुल्क स्टिकर छपाई खरिद प्रक्रियाको भ्रष्टाचार मुद्दामा पूर्वमुख्यसचिव बैकुण्ठ अर्यालसहितलाई सफाइ दिने विशेष अदालतको फैसलाविरूद्ध अख्तियार ले सर्वोच्चमा पुनरावेदन निवेदन दर्ता गरेको हो ।

सुरक्षण मुद्रण केन्द्रमार्फत अन्त:शुल्क स्टिकर छपाइका क्रममा सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयका तत्कालीन सचिव अर्यालसमेत १२ जनाविरूद्ध अख्तियारले दायर गरेको मुद्दामा विशेषले अर्यालसहितलाई सफाइ दिएको थियो ।

अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगले केही प्रतिवादीलाई आंशिक ठहर साथै केहीलाई सफाइ दिइएको भन्दै आज पुनरावेदन गरेको जनाएको छ । विशेष अदालतले सो मुद्दामा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, तत्कालीन निर्देशक सफल श्रेष्ठलाई मात्र दोषी ठहराएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !