वासिङ्टन डीसी । अमेरिकी सरकारले विदेशी विद्यार्थीहरूको भिसा प्रक्रिया अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ । विदेशी विद्यार्थीको सामाजिक संजाल जाँच अनिवार्य बनाउने तयारीका लागि यस्तो निर्णय गरिएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकामा अध्ययन गर्न आवेदन दिने विदेशी विद्यार्थीलाई सामाजिक संजाल जाँच गर्न अनिवार्य बनाउने तयारी गरेको छ ।
यस्तो अनिवार्य जाँचको व्यवस्था मिलाउने तयारीका लागि ट्रम्प प्रशासनले अमेरिकी दूतावासहरू र कन्सुलर सेक्सनहरूलाई विद्यार्थी भिसा आवेदकहरूको नयाँ अन्तर्वार्ता समय तालिका रोक्न आदेश दिएको छ । यो आदेश मंगलबारको मितिमा जारी भएको र यसमा अमेरिकी विदेश मन्त्री (सेक्रेटरी अफ स्टेट) मार्को रुबियोले हस्ताक्षर गरेका छन् ।
ट्रम्प प्रशासनले पहिले नै केही सामाजिक सञ्जाल जाँच गर्ने नियम लागु गरिसकेको छ । तर ती प्रायः गाजामा इजरायली कदमहरूविरुद्ध प्रदर्शनमा सहभागी भएका विद्यार्थीमा केन्द्रित थियो ।
ट्रम्प प्रशासनले अमेरिकी दूतावासहरू र कन्सुलर सेक्सनहरूलाई विद्यार्थी भिसा आवेदकहरूको नयाँ अन्तर्वार्ता समय तालिका रोक्न आदेश दिएको छ । यो आदेश मंगलबारको मितिमा जारी भएको र यसमा अमेरिकी विदेश मन्त्री मार्को रुबियोले हस्ताक्षर गरेका छन् ।
ट्रम्प प्रशासनले यो योजना कार्यान्वयन गरेमा यसले विद्यार्थी भिसा प्रक्रियालाई ढिलो बनाउने बताइएको छ । अमेरिकामा विश्वविद्यालयहरूको आर्थिक अवस्था विदेशी विद्यार्थीमा निर्भर भएकाले यो निर्णयले धेरै विश्वविद्यालयहरूलाई पनि असर गर्न सक्ने समाचारमा बताइएको छ ।












