१६ चैत्र २०८२, सोमबार

प्रधानमन्त्रीलाई अमर्यादित शब्द प्रयोग गरेको भन्दै दुई युट्यूवरको संसद प्रवेश पास निलम्बन


संघीय संसद्

काठमाडौं । संघीय संसद सचिवालयले दुई जना पत्रकारको संसद प्रवेश पास निलम्बन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरूलाई प्रश्न गर्दा अपशब्द प्रयोग गरेको भन्दै उनीहरूको संसद प्रवेश पास निलम्बन गरिएको हो ।

संसद सचिवालयले संसद भवन बाहिर प्रधानमन्त्री ओलीमाथि अमर्यादित शब्द प्रयोग गरेको भन्दै दुई युट्यूवरको प्रवेश पास एक महिनाका लागि निलम्बन गरिएको सचिवालयले जनाएको छ ।

‘युवा मन नेपाल’ नामक युट्यूव च्यानलका किशोरकुमार श्रेष्ठ र ‘सुनौलो नेपाल’ च्यानलका प्रकाश ओलीको संसद पास निलम्बन गरिएको हो । गत फागुन ४ गते बसेको प्रतिनिधिसभाको बैठकबाट बाहिरिँदै गर्दा प्रधानमन्त्री ओलीलाई उनीहरुले बाटैमा प्रश्न सोध्न खोजेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !