५ श्रावण २०८३, मंगलबार

कमल थापाको प्रश्न: पार्टी भित्र बस्ने, टेक्ने ठाउँ नदिने, बाहिर निस्कँदा पनि सुख नपाउने ?


कमल थापा

काठमाडौं । राप्रपाका पुर्व अध्यक्ष कमल थापाले राप्रपाबाट औपचारिकरूपमा अलग भैसकेको अवस्थामा पनि कमल थापाले पार्टी फुटायो, फुटाउँदै छ, कसम तोड्यो भनेर कोलाहल मच्चाएको देख्दा उदेक लागेको बताएका छन्।

थापाले आफुलाई पार्टी भित्र बस्ने, टेक्ने ठाउँ नदिएर बाहिर निस्केको बताएका छन्। उनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै यस्तो बताएका हुन्।

उनले लेखेका छन्, “हासोँ उठछ!म राप्रपाबाट औपचारिकरूपमा अलग भैसकेको अवस्थामा पनि कमल थापाले पार्टी फुटायो,फुटाउँदै छ,कसम तोड्यो भनेर कोलाहल मच्चाएको देख्दा उदेक लाग्छ।पार्टी भित्र बस्ने,टेक्ने ठाउँ नदिने।बाहिर निस्कँदा पनि सुख नपाउने।राप्रपाबाट अलग भएपछि म चुपचाप बस्न मिलेन।नयाँ सिर्जना वाध्यता हो ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु