१८ आश्विन २०८३, आइतबार

बैशाख २ गतेदेखि नै सेमि-अनलाइन कारोबार हुँदै


नेप्से

३० चैत, काठमाण्डौ । बैशाख २ गतेदेखि नै सेयर बजारमा सेमि-अनलाइन कारोबार सुरु हुने भएको छ । धितोपत्र बोर्डले २०७५ सालको शुरु देखि नै इन्टरनेट मार्फत धितोपत्र खरिद विक्रीको लागि आदेश दिन सक्ने व्यवस्था गर्न दलाल व्यवसायीलाई निर्देशन छ । अब लगानीकर्ताहरु धितोपत्र खरिद विक्री गर्न ब्रोकर अफिसमा उपस्थित हुनु पर्ने झन्झटको अन्त्य हुने भएको छ ।

हाल प्रयोगमा रहेको ब्रोकर व्याक अफिस सफ्टवेरमा आवश्यक सुधार गरी इन्टरनेट बाटै खरिद बिक्री आदेश दिन सकिने सुविधा समावेश गरिएकाले बैशाखदेखि नै उक्त व्यवस्था कार्यान्यवन आउने  धितोपत्र बोर्डले जनाएको छ ।

लगानीकर्ताले आफ्नो ब्रोकर अफिसबाट उक्त सफ्टवेर लिएर घरमै बसी सेयर खरिद बिक्रीको आदेश गर्न सक्नेछन् ।

धितोपत्र बोर्डले ०७३ फागुनमा नै ब्रोकर व्याक अफिस सफ्टवेरमा इन्टरनेट मार्पmत धितोपत्र्र खरिद बिक्री आदेश दिने व्यवस्था गर्न सेयर दलाल व्यवसायीलाई निर्देशन दिएको थियो ।

बोर्डको निर्देशन बमोजिम ब्रोकर व्याक अफिस सफ्टवेरमा आवश्यक सुधार गरी उक्त सुविधा समावेश गरिएको जानकारी बोर्डलाई प्राप्त भएकाले बैशाखदेखि नै कार्यान्वयनमा ल्याउन निर्देशन दिईएको बोर्डका सह प्रवक्ता निरञ्जय घिमिरेले जानकारी दिए ।

यो व्यवस्थाले धितोपत्रको कारोबार प्रकृया तथा अभिलेख सम्वन्धी कार्य थप व्यवस्थित सहज, पारदर्शी, सरल, छिटो, छरितो र लगानीकर्ता मैत्री हुने र निकट भविष्यमा नेप्सेले लागू गर्न लागेको अनलाइन कारोवार प्रणालीको लागि आधार तयार ⁄ सहज हुने वोर्डको अपेक्षा रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु