२१ भदौ २०८३, आइतबार

ओली सरकारमा गएका जसपाका राजेन्द्र महतोसहित ९ मन्त्री निष्कासन


मन्त्रीहरुले शितल निवासमा शपथ

काठमाडौं । जनता समाजवादी पार्टीको अध्यक्ष उपेन्द्र-डा.बाबुराम पक्षले पार्टीको निर्णय विपरीत ओली सरकारमा मन्त्री भएका नौ जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ।

जसपाको उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षको बिहीबार बसेको कार्यकारिणी समिति बैठकले महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका राजकिशोर यादव, अनिलकुमार झा, शरदसिंह भण्डारी, चन्दा चौधरी, उमाशंकर अरगरिया, एकबाल मियाँ, विमल श्रीवास्तव , चन्द्रकान्त चौधरी र रेणुका गुरूङ निष्कासन गर्ने निर्णय गरेको हो।

यो पक्षले उनीहरुलाई यसअघि नै स्पष्टीकरण सोधिसकेको छ। उपेन्द्र- डा. बाबुराम पक्ष पहिलो अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेता लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई यस अघि नै निष्कासन गरेका छन्।

महन्थ राजेन्द्र पक्षले पनि उपेन्द्र यदाव निष्कासन गरेको छ।ओली सरकारमा उपप्रधानमन्त्री राजेन्द्र महतो नेतृत्वमा ९ मन्त्री र दुई राज्यमन्त्री बनेका छन्।

दुवै पक्षको निष्कासन सम्बन्धी कारवाहीलाई निर्वाचन आयोग वैधता दिएको छैन्। आयोगले एक पक्षले अर्को पक्षलाई गरेको कारवाहीलाई मान्यता नदिने फैसला सुनाइसकेको छ। उपेन्द्र डा।बाबुराम पक्षले पार्टी आधिकारिकताका लागि निर्वाचन आयोगमा पुनः निवेदन दिने भएको छ।

बैठकले लुम्बिनी प्रदेशका चार सांसदलाई फेरि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। चुरे दोहन गर्न नहुने बैठकले निष्कर्ष निकालेको छ। बैठकले बाढी पहिरोको उद्धारका लागि खट्न नेता कार्यकर्तालाई निर्देशन दिएको छ। बाढ़ी पहिरो पीड़ितलाई उद्धार र राहतका लागि सरकारसँग आग्रह गरेको छ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !