१० मंसिर २०८३, बिहिबार

पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई ल्याइयो काठमाडौं


एकनारायण अर्याल

काठमाडौं । पूर्वमुख्यसचिव एकनारायण अर्याललाई काठमाडौं ल्याइएको छ । भारतको कोलकत्ताबाट पक्राउ गरेर पूर्वमुख्यसचिव अर्याललाई काठमाडौं ल्याइएको हो ।

उनलाई स्थलमार्ग हुँदै नेपाल प्रवेश गराइएको र हवाइमार्गबाट काठमाडौं ल्याइएको स्रोतले बताएको छ । विमानस्थलबाट अर्याललाई सिधै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लगिएको छ ।

उनलाई अहिले सीआईबीबाट म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिंदैछ । मलेसिया कामदार पठाउने बहानामा श्रमसचिव हुँदा अवैध रूपमा रकम संकलन गरी मलेसिया पठाएको आरोप उनीमाथि लगाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !