१५ बैशाख २०८१, शनिबार

अहिले सम्मकै उत्कृष्ट फिचर सहित आईफोन-८ आज सार्वजानिक हुँदै


भाद्र २७, काठमाडौँ | बहुप्रतिक्षित आइफोन ८ सार्वजनिक हुँदै छ । जसको प्रतिक्षामा हजारौं ग्राहकहरु लामो समय देखि रहँदै आएका छन् ।कम्पनीले आज तीन मोडलका आइफोनहरु सार्वजनिक गर्ने जानकारीहरु बाहिर आएका छन् । जसमा आइफोन ८, आइफोन ८ प्लस र आइफोन एक्स रहेका छन् ।

नयाँ विशेषताहरुको बारेमा पनि उल्लेख गरेका छन् । जसमा आइफोन ८ र ८ प्लसमा एलईडी डिस्प्ले प्रयोग गरिने छ भने आइफोन एक्समा बेजेललेस ओएलईडी डिस्प्ले राखिनेछ । एप्पलले आफ्नो १० औं वार्षिकोत्सवको अवसर पारेर विशेष फोनको रुपमा आइफोन एक्स ल्याउन लागेको हो ।

आइफोन ८ तथा आइफोन ८ प्लस भने यसअघि गत वर्ष सार्वजनिक भएको आइफोन ७ र ७ प्लसको अपग्रेडेड भर्सनको रुपमा आउँछ ।यसको डिजाइन करीब करीब पुरानै हुनेछ । यसमा पछाडिको भागमा ग्लास राखिनेछ भने ए ११ चीप, र वायरलेस चार्जिंग सुविधा राखिनेछ ।

कम्पनीले ल्याउने विशेष आइफोन एक्समा भने नयाँ विशेषताहरु राखिएका छन् । यो फोन आइफोनको सबैभन्दा प्रिमियम फोनको रुपमा आउनेछ । यसमा ५.८ इन्चको ओएलईडी डिस्प्ले राखिनेछ । यसमा निकै कम बेजेल हुनेछ माथिल्लो भागमा फ्रन्ट क्यामरा, ईयरपिस र थ्रीडी सेन्सरको लागि छुट्याईएको छ ।

नयाँ आइफोनमा सबैभन्दा ठूलो परिवर्तन डिजाइनमा गर्न लागिएको छ । यसमा बेजेललेस ओएलईडी डिस्प्ले पहिलो पटक प्रयोग गरिँदैछ । यस्तो प्रकारको डिजाइन आइफोनमा आएमा यो अहिलेसम्मकै सबैभन्दा ठूलो परिवर्तन हुनेछ । यसअघि आइफोनमा बेजेललेस डिस्प्ले प्रयोग भएको थिएन् ।

रिपोर्टहरुका अनुसार आइफोनको मूल्य १,००० अमेरिकी डलर हुनसक्नेछ । यो अहिलेसम्मकै सबैभन्दा महंगो आइफोनको रुपमा आउने अनुमान गरिएको छ । एप्पलले यसका साथमा नयाँ आइवाच, एयरपड र फोरके एप्पल टिभी पनि घोषणा गर्ने अपेक्षा गरिएको छ ।

यस्ता छन् विशेष फीचरहरू 


अग्मेन्टेड रियालिटी
एप्पलले आईओएस ११ मा अग्मेन्टेड रियालिटी ल्याउने घोषणा गरेकोमा आईफोन ८ मा त्यो राखिएको छ । वास्तविक र मायावी संसारलाई यसले सँगै ल्याउँछ । अब तपाईं वास्तविक टेबलमा भर्जुअल कफी कप राख्न सक्नुहुन्छ ।

ड्युअल ब्याक क्यामरा
त्यसो त आईफोन ७ मा नै यो फीचर उपलब्ध थियो तर अहिले यसमा थप सुधार आएको अनुमान गर्न सकिन्छ ।

होमपड
एप्पलले अमेजोनको इको र गूगल होमलाई टक्कर दिनका लागि होमपड ल्याएको छ । आईफोन ८ ले यस स्पीकरलाई सपोर्ट गर्छ ।

वायरलेस चार्जिङ
आईफोन ८ को सबभन्दा आकर्षक फीचर यसमा भएको वायरलेस चार्जिङ नै हो । कम्पनीका सीईओ रोबर्ट ह्वाङले पनि यसको पुष्टि गरिसकेका छन् ।

वाटर रेजिस्टेन्ट
यो फोन पानीमा पनि सुरक्षित रहन्छ । वाटरप्रुफ छ यो । यसको पछासडपट्टिको भागमा पनि शीशाको प्यानल हुनसक्छ ।

एनएफसी
यसले उत्पादनको विज्ञापनहरूमा भेटिने एनएफसी ट्यागलाई सपोर्ट गर्छ ।

सीरी
आईफोन ८ को सीरी फीचरले धेरै भाषाहरूलाई छिट्टै अनुवाद गरेर कमान्ड बुझ्छ र त्यसमा प्रोसेसिङ गर्छ ।

नेपालमा एप्पल आईफोन को बजार मुल्य यहाँ  गएर हेर्नुहोस ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !