१४ बैशाख २०८१, शुक्रबार

के हो त कम्प्युटरमा लाग्ने भाईरस र यसवाट कसरी बच्ने ?


Computer virus Computer virus

कम्प्युटरमा लाग्ने भाईरस मान्छेमा लाग्ने भाईरस जस्तो ब्याक्टेरियाले गर्दा लाग्ने होइन, कम्प्युटरमा लाग्ने भाईरस एउटा कोड वा कोडहरुको समूह हो जसले आँफै कोडहरु फैलाउन सक्छ र उक्त भाईरसले कम्प्युटरमा भएको महत्वपुर्ण डाटाहरु डीलिट गरिदिने, परिवर्तन गरिदिने वा बिगारिदिने गर्नसक्छ l

कम्प्युटरमा लाग्ने भाईरसहरु धेरै प्रकारका हुन्छन् र फरक-फरक भाईरसको उद्वेश्य पनि फरक हुन सक्छन्l कम्प्युटर भाईरस केहि सहि उद्वेश्यले बनाईएका पनि हुन सक्छन तर मुलत: यो गलत उद्वेश्यले बनाईको हुन्छ l महत्वपूर्ण डाटाहरु हेर्न खोल्न अथवा प्रयोग गर्न नमिल्ने बनाई, गोप्य सुचनाहरु चोरेर ह्याकर वा भाईरस निर्माताहरुले पैसाको माग गर्नुका साथै ब्ल्याकमेलसम्म गर्न सक्छन् l

कम्पुटरमा भाईरस लाग्न नदिन हामीले धेरै कुराको ख्याल गर्नुपर्ने हुन्छ l हामीले आफ्नो डाटा सुरक्षित राख्ने र भाईरस लाग्न नदिनलाई केहि कुरामा मात्र पनि ध्यान दिन सकेमा धेरै हदसम्म बच्न सकिन्छ l

एन्टीभाइरस वा इन्टरनेट सेक्युरिटी राखेर
आफ्नो कम्पुटरमा एन्टीभाईरस राख्ने र निरन्तर अपडेट गर्ने गर्नुपर्छ l हरेकक्षण नयाँ-नयाँ भाईरसहरु निर्माण भईरहेका हुन्छन् l अपडेट नगर्दा एन्टीभाईरस वा इन्टरनेट सेक्युरिटीले नयाँ आएका भाइरसहरु पत्ता लगाउन नसक्ने हुँदा एन्टीभाईरस राखेर मात्रै हुदैन निरन्तर अपडेट पनि गर्ने गर्नुपर्छ l

पेनड्राइभ अथवा अरु स्टोरेज डिभाईसहरु प्रयोग गर्दा बिचार पुर्याउने
हामीले साथीसंग भएका म्युजिक, फिल्म, फाईल, फोटो वा अन्य केहि कुराहरु कपि गर्न पेनड्राइभको प्रयोग गर्ने गर्छौं l त्यसरी पेनड्राईभ प्रयोग गर्दा त्यो डिभाइसमा भाइरस छ भने त्यसमा भएको भाईरसहरु हाम्रो कम्प्युटरमा सर्न सक्छ l यसबाट बच्नको लागि सकेसम्म भाईरस छैन भन्ने बिश्वाश भएको डिभाईसबाट मात्रै डाटाहरु कपि गर्ने गर्नुपर्छ l तर कहिलेकाहिँ अन्जान डिभाइसबाट पनि राख्नुपर्ने हुन्छ l त्यस्तो अवस्थामा उक्त डिभाईसलाई अपडेटेड एन्टीभाइरस भएको कम्पुटरबाट स्क्यान गरि भाईरस छ भने डिलिट गरेर मात्रै प्रयोग गर्नुपर्छ l

इन्टरनेट चलाउदा, सफ्टवेर डाउनलोड गर्दा ख्याल गर्ने
हामीले अनलाइनबाट केहि कुरा डाउनलोड गर्दा भाइरस वा अन्य हानिकारक प्रोग्राम पनि डाउनलोड हुने हुँदा अनावश्यक एप्लिकेशन वा सफ्टवेयरहरु डाउनलोड, इन्स्टल नगर्ने, गर्नै परेमा आधिकारिक वेबसाईटबाट मात्रै सफ्टवेयरहरु डाउनलोड गर्ने l टोरेन्टबाट फिल्म वा अन्य कुराहरु डाउनलोड गर्दा ख्याल पुर्याउने l

कति भाइरसहरु इन्टरनेट चलाउदा वा हानिकारक वेबसाइट खोल्दामात्र पनि आफै डाउनलोड हुनेगर्छ, त्यसैले जुन पाए तेही वेबसाइटहरु खोल्नु हुदैन, फिल्म डाउनलोड गर्ने साइटहरु, अस्लिल फिल्महरु भएका साइटहरुबाट धेरै भाइरसहरु सर्ने गर्छ l इमेलबाट भाइरस ट्रान्सफर हुन केहि समस्या भएपनि इमेलको अट्याचमेन्ट मा भाइरस हुनसक्छ त्यसैले शंकास्पद अट्याचमेन्टहरु डाउनलोड नगर्ने र इमेलको स्प्याम फोल्डरमा रहेको इमेल नखोल्ने खोल्दा ध्यान पुर्याउने गर्यौं भने कम्प्युटर भाईरसबाट बच्न सकिन्छ l


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !