१५ बैशाख २०८१, शनिबार

यस्तो छ २ नम्बर प्रदेशको प्रदेशसभा बैठकको तयारी


प्रदेश सभा बैठक प्रदेश नम्बर २

२० माघ, जनकपुर । २ नम्बर प्रदेशको प्रदेशसभाको पहिलो बैठक भोली बस्ने सम्पूर्ण तयारी लगभग पुरा भएको छ । बैठकमा पहिलो बैठकको अघिल्लो दिन बसेको सर्बदलीय बैठकले पहिलो बैठकका एजेण्डाहरु तय गर्नुका साथै फागुन २ गते सभामुख चयन गर्ने सहमति गरेको छ ।

शैक्षिक तालिम केन्द्रको भवनमा प्रदेशसभाको पहिलो बैठकका लागि सभाहल सिंगारिएको छ । सभाहलको मुल गेटमै मिथिला आर्ट राखिएको छ । प्रदेशसभाकै पहिलो बैठक भएकाले रोष्टममा फूलमालाले सजाइएको छ । शनिबार राति अबेरसम्म पनि हल तयार पर्ने काम भइरहेको छ ।

पहिलो बैठकको अघिल्लो दिन बसेको सर्वदलीय बैठकमा सभामुख चयन तेस्रो बैठकबाट गर्ने सहमति जुटेको छ । दलीय सहमति हेरफेर नभए प्रदेशसभाको दोस्रो बैठक २९ गते बस्नेछ । सभामुख चयन भने फागुन २ गते हुनेछ । पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख चयन गर्नु पर्ने संवैधानिक व्यवस्था छ । यो खबर हामीले अनलाइन न्युजवात लिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !