१४ बैशाख २०८१, शुक्रबार

पार्टी एकतामा कुनै अप्ठ्यारो छैन : प्रचण्ड


PA

१९ पुस, काठमाण्डौ ।  वाम गठबन्धनवाट बाहिर गएर प्रधानमन्त्री हुने माओवादी अध्यक्ष प्रचण्डले नसोचेको बताएका छन् ।  प्रधानमन्त्री बनाउनको कांग्रेस नेताहरुले एमालेलाई छाडेर आए पनि प्रचण्डले भने वाम गठबन्धनप्रति प्रतिवद्ध देखिएका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा बुधबार भएको एक कार्यक्रमपछि सञ्चारकर्मीहरुले राखेको प्रश्नमा प्रचण्डले भने, ‘मैले त्यता सोचेको छैन । ओवादी र एमालेबीच पार्टी एकतामा कुनै अप्ठ्यारो नभएको पनि प्रचण्डले  बताए ।

केही दिन यता छलफल विभिन्न समस्याको कारणले गर्दा रोकिएको भन्दै अब चाडैनै बैठक बस्ने बताए । पार्टी अध्यक्ष नदिए पार्टी एकता नहुने प्रचण्डले माओवादी नेताहरुको अभिव्यक्तिको पनि खण्डन गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !