१५ बैशाख २०८१, शनिबार

फुटबलर जगजीत श्रेष्ठ अष्ट्रेलियन क्लबमा अनुबन्धित


८ चैत, काठमाण्डाै । नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर जगजीत श्रेष्ठ अष्ट्रेलियाको प्रेस्टन लायन्स क्लबमा अनुबन्धित भएका छन् ।

मेलबर्नस्थित भिक्टोरिया स्टेट लिग डिभिजन १ को क्लब प्रेस्टन लायन्ससँग जगजीतले १ वर्षका लागि सम्झौता गरेका छन् । यसअघि जगजीत नुनावाडिङ सिटी फुटबल क्लबबाट खेलेका थिए । लामो समयदेखि अष्ट्रेलियामा बसिरहेका जगजीत केही साता अगाडि राष्ट्रिय टिमका लागि खेल्न नेपाल आएका थिए ।

प्रेस्टन आफ्नो लिगमा सर्वाधिक सफल क्लबमध्ये एक हो । प्रेस्टनले स्टेट लिग डिभिजन(१) को उपाधि ४ पटक जितेको छ । २०१७ मा प्रेस्टन लायन्स लिगमा चौथो स्थानमा उभिएको थियो भने त्यसअघि २०१६ मा दोस्रो स्थान हासिल गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !