१५ बैशाख २०८१, शनिबार

पञ्जाबलाई हराउँदै मुम्बई ३ रनले विजयी


ipl

३ जेठ, काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा किंग्स इलेभन पञ्जाबलाई हराउँदै मुम्बई इन्डियन्स ३ रनले विजयी भएको छ ।

बुधबार भएको खेलमा निर्धारित २० ओभरमा किंग्स इलेभन पञ्जाबले ५ विकेट गुमाउँदै १८३ रनमात्र बनायो । पञ्जाबका लागि लोकश राहुलले ९४ रन बनाएका थिए ।

यसअघि घरेलु मैदान वानखेडे स्टेडियममा टस हारेर व्याटिङ्गको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८६ रन बनाएकाे थियाे । मुम्बईका लागि किरोन पोलार्डले ५०, क्रुणाल पाण्ड्याले ३२ रन बनाए । बलिङतर्फ इन्ड्रयु टायले ४ विकेट लिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !