१४ बैशाख २०८१, शुक्रबार

घरमा ऐना राख्दा कहिल्यै नभुल्नुस् यी १० कुराहरु


mirror at home

हाम्रो घर वा डेरामा जहाँ भएपनि ऐना अनिवार्य नै हुन्छ । ऐनाबिना त मानिसको सुन्दरता अधुरो नै रहन्छ भन्दा पनि हुन्छ । तर घरमा ऐना राख्दा जहाँ मिल्यो त्यहीँ राख्नु चाँहि हुँदैन किनभने ऐनाले धेरै भूमिका खेलिरहेको हुन्छ । घरमा सही स्थान र दिशामा राखिएको ऐनाले तपाइँलाई शुभफल समेत दिन सक्छ ।
बास्तुशास्त्रका अनुसार घरमा ऐना राख्दा यी १० कुराहरु भुल्नु हुँदैन :

१. तपाइँले ऐना जहाँ राखे पनि उत्तर पूर्व दिशामा पर्ने गरी लगाउनुपर्छ । यसले तपाइँको आम्दानीको श्रोत बढाउन मद्दत गर्छ ।
२. ऐना राख्दा कुनै पनि नराम्रो बस्तु ऐनामा पर्ने गरी नराख्नुस् । सकेसम्म ऐनाबाट राम्रो बस्तुको प्रतिबिम्ब आउनु राम्रो मानिन्छ ।
३. ऐना यस्तो ठाउँमा राख्नुपर्छ जुन ढोका वा झ्यालको सामना नहोस् ।
४. कुनै पनि कोठामा चारैतिर ऐना राख्नु अशुभ मानिन्छ । यस्तो ऐना भएको कोठामा धेरै समस्या आउने बास्तुशास्त्रको दावी छ ।
५. घरमा अँधेरो भइरहने स्थानमा गोलो ऐना राख्नु राम्रो मानिन्छ यसले घरमा भएको नकारात्मक उर्जा घटाउन मद्दत गर्छ ।
६. सुत्ने कोठामा सकेसम्म ऐना नराख्नुस् । ओच्छ्यानको सामुन्ने त राख्दै नराख्नुस् । यसले तपाइँको जीवनमा सम्बन्ध विगार्न सक्छ ।
७. ठूलो तर हलुका ऐनालाई राम्रो मानिन्छ । घरमा जति ऐना भएपनि फरक पर्दैन तर फरक ऐनाको फुटेका २ टुक्रालाई जोडेर एक ठाउँमा भने नराख्नुस् । यस्तो निक्कै अशुभ मानिन्छ ।
८. बास्तुशास्त्रका अनुसार ऐना छोपेर राख्नु राम्रो मानिन्छ । सकेसम्म ऐना दराज खोल्दा देखिने भयो भने उत्तम मानिन्छ ।
९. घरको भित्तामा एकदम माथि वा तल पर्ने गरी ऐना राख्नु राम्रो मानिँदैन । यस्तो भयो भने घरका मानिसहरुलाई अनेक समस्या आउन सक्छ ।
१०. तपाइँको ऐना फुटेको वा धुलो वा फोहोर लागेको हुनु नराम्रो मानिन्छ । यस्तो ऐनाले घरमा नकारात्मक उर्जा पैदा गर्ने बास्तुशास्त्रको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !