१५ बैशाख २०८१, शनिबार

चोरीको मोटरसाइकलसहित एक पक्राउ


पक्राउ

९ जेठ, मेलम्ची । ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित मंगलबार एकजनालाई पक्राउ गरेको छ ।

नियमित चेकजाँचको क्रममा बा ७३ प ८९५४ नम्बरको २२० सिसीको कालो–निलो पल्सर मोटरसाइकलसहित मेलम्ची–३, हैबुङका २५ वर्षीय वीरबहादुर तामाङलाई पक्राउ गरिएको सिन्धुपाल्चोक जिल्लाका ट्राफिक प्रहरी प्रमुख उपेन्द्र बुढाथोकीले जानकारी दिए ।

जाँचगर्ने क्रममा नक्कली नम्बर प्लेट राखी हिँडेका तामाङलाई मेलम्ची ट्राफिक प्रहरीले मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो ।

काठमाडौँको चावहिलबाट हराएको उक्त मोटरसाइकल धनी रामेछाप जिल्ला टेकनपुर घर भएका धनबहादुर थापामगर भएको ट्राफिक प्रहरी प्रल्हाद दाहालले जानकारी दिए ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !