१८ बैशाख २०८१, मंगलबार

काठमाडौंमा अन्तर्राष्ट्रिय शाकाहारी सम्मेलन हुँदै


Sahakari

२५ फागुन, काठमाण्डौ । यही शनिवार र आइतबार काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको एसिया प्यासिफिक भेजिटेरियन सम्मलेन हुँदैछ । नेपाल शाकाहारी संघ र अन्तर्राष्ट्रिय शाकाहारी संघ (आइभियु) को सहकार्यमा हुन लागेको सो महोत्सव शाकाहारी परिकारहरूको समेत महोत्सवसमेत हुने संस्थाका उपाध्यक्ष कृष्ण गुरूङले जानकारी दिएका छन् ।

fruits-and-veggiesविभिन्न तीस देशबाट निम्तालु आउने सो कार्यक्रम नेपालमै पहिलो भएको संस्थाका महासचिव शुरेस शर्माले जानकारी दिए । नेपालभरीका ४ सय बढी प्रतिनिधी सहभागी हुने कार्यक्रममा शाकाहारी जीवनशैलीलाई वैज्ञानिक कसीमा बहस र व्याख्या गरिने बताइएको छ ।

कार्यक्रम काठमाडौंको महेन्द्र पुलिस क्लबमा हुनेछ ।

मासु र जनावरजन्य उत्पादनले क्यान्सरलगायतका असाध्य रोगमा योगदान गरिरहेको सन्दर्भमा शाकाहारको महत्व जगाउने र यसको प्रवद्र्धन गर्ने कार्य अत्यन्तै आवश्यक भएको रेडियो जकी तथा संघकी सदस्य रिता लिम्बुले बताइन् ।

महोत्सवको उद्घाटन विगत बीस वर्षदेखि शाकाहारी खानपान अपनाउँदै आएकी वालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले गर्ने बताइएको छ ।

कार्यक्रमको प्रायोजन नेपाल पर्यटन बोर्ड,  काठमाडौं महानगरपालिका,  हेल्लो नेपाल,  हिमालयन अनटप र जनता बैंकले गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !