१५ बैशाख २०८१, शनिबार

कपाल झर्नुको कारण


अहिलेको सन्दर्भमा हेर्ने हो भने कपाल झर्ने समस्याहरु प्राय सबैमा देखिएको छ । यो एउटा समस्या पनि हो । कपाल झर्नुको प्रमुख कारण एस्ट्रोजेनेटिक एलोपिका हो । पुरुषमा हुने यो  DTH  हर्मोनमा असन्तुलन हुँदा शिरको एक हिस्सावाट तीव्र कपाल झर्ने गर्छ । एक अनुसन्धान अनुसार ३० प्रतिशत मानिसको ३० वर्ष नपुग्दै यो समस्यामा अल्झिसकेका हुन्छन् । फलमासु खान छोड्ने, गेडागुडी र खैरो भात खाने अनि भिटामिन बी-कम्प्लेक्स खाने गर्दा पनि कपाल झर्ने समस्यामा कम हुने गर्दछ । जस्तोसुकै संस्कृति, वर्ग, राष्ट्रियता, धर्म वा रङ्गको व्यक्ति भएपनि विश्वका लाखौँ मानिसहरुमा उमेर ढल्किँदै गएपछि उनीहरूमा आउने एउटै समस्या भनेको कपाल झरेर तालु खुइलिने नै हो । फेरि त्यहिँ यस्ता भाग्यमानी मानिसहरुमा पनि छन् जसले ७०/८० वर्ष पुगिसक्दा पनि कपाल झर्ने समस्या भोग्नुपर्दैन । तर, अधिकांश मानिसहरुको भने ४० वा ५० वर्षको उमेरबाटै, अझ कत्तिको त २०/२५ वर्षको उमेरवाटै कपाल झर्न थालिसकेको हुन्छ ।

कारणहरु

१. रक्सीको सेवन
३. वंशाणुगत गुण
४. शारीरिक तनाव
५. गर्भधारणका बेलामा
६. ब्याक्टेरियाको सङ्क्रमण
७. बढी भिटामिन सेवनका कारण
८. केमोथेरापीले गर्दा
९. औषधीको साइडइफेक्ट
१०. प्रोटिनको अभाव
११. मानसिक तनाव
१२. भिटामिन बीको कमी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !