१५ बैशाख २०८१, शनिबार

नेपाल प्रज्ञा प्रतिष्ठानको ३२औँ प्राज्ञ सभा हिजो देखि सुरु


कार्तिक १४, काठमाडौँ |  नेपाल प्रज्ञा प्रतिष्ठानको ३२औँ प्राज्ञसभाको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्रनारायण देवले एक समारोहबीच उद्घाटन गरे । सोमबार सुरु भएको सो सभाले वार्षिक कार्यक्रम, नीति तथा बजेट तय गर्नेछ । सो कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले पठाएको सन्देशमा राजनीतिक र लोकतान्त्रिक रूपान्तरणलाई संस्थागत गर्ने अभिभारा प्राज्ञिक जगतको भएको उल्लेख छ ।

प्रधानमन्त्री देउवाले मानवमा ज्ञान, विवेक सिर्जना गर्न र समाजमा शिक्षाका मार्गनिर्देशन गर्न प्राज्ञको महत्वपूर्ण भूमिका हुने जनाउँदै प्राज्ञिक जगतले समाजमा लुकेका विविध तथ्यलाई उजागर गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल राष्ट्रभित्र रहेका विभिन्न भाषा, साहित्य, संस्कृति, दर्शनको पहिचान र प्रवद्र्धन हुन सकेमा मात्रै राष्ट्रिय एकता अझै सुदृढ हुने मन्त्री देवले बताए । उनले भने, ‘३ वटा प्रज्ञा प्रतिष्ठानका बीचमा स्वस्थ्य सम्बन्ध हुन तथा आपसी सम्बन्ध विस्तार गरी फरक–फरक विधामा विशिष्ट प्रतिष्ठान स्थापना हुनुको औचित्य स्थापित गर्न स्रष्टा लाग्नुपर्दछ ।’

प्रदेश र स्थानीय तहले प्रज्ञा प्रतिष्ठानलाई पु¥याउन स्रष्टाहरूले बहस गर्नुपर्नेमा जोड दिँदै मन्त्री देवले भने, ‘यस्ता संरचना कसरी बनाउने भन्नेमा राष्ट्रिय बहस गर्दै समानुपातिक समावेशी लोकतान्त्रिक प्रणालीलाई संविधानले स्वीकार गरेको स्थितिमा सोही अनुरूपका प्राज्ञिक चिन्तन हुनुपर्दछ ।’ राज्यको पुनःसंरचनाका लागि देशका सबै जातजातिले आफ्नो मानसिकतालाई पुनःसंरचित गर्नुपर्ने बताउँदै मन्त्री देवले भने, ‘संविधान निर्माणका समयमा पहिचानबारे गहन छलफलपछि जाति, भाषा, संस्कृति, इतिहास र भूगोलका आधारमा राष्ट्रिय एकता र सौहार्दतालाई सन्तुलित राख्ने गरी सम्बोधन गर्न नसकिए मुुलुकलाई विखण्डनमा पनि लैजान सक्छ ।’

दक्षिण एसियाली प्रज्ञा प्रतिष्ठानसँग सम्बन्ध स्थापना गरी नियमित प्राज्ञिक आदानप्रदान गरिएको जनाउँदै प्रतिष्ठानका कुलपति डा. गंगाप्रसाद उप्रेतीले चीन तथा दक्षिण एसिया साहित्य मञ्च भई मञ्चबाट आगामी नोभेम्बर ५ देखि ९ सम्म चीनमा त्यसले सम्मेलन गर्ने बताए ।‘सभाले पृथ्वी प्रज्ञा पुरस्कारलगायत महत्वपूर्ण पुरस्कारबारे निर्णय गर्ने जानकारी गराउँदै उप्रेतीले भने, ‘सांस्कृतिक रूपान्तरणमा स्रष्टाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । राज्यको स्वरूपअनुसार प्रतिष्ठानलाई बदल्न सभाले सक्दो प्रयत्न गर्दछ ।’

सो कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले अन्य प्रज्ञा प्रतिष्ठानलाई पनि नेपाल प्रज्ञा प्रतिष्ठानले सौहार्द सम्बन्ध स्थापना गर्न सक्नुपर्ने बताउँदै मुलुक संघीयतामा गएको अवस्थामा प्रादेशिक क्षेत्रका संस्कृति प्रवद्र्धनबारे चिन्तन गर्न सुझाव दिए । विविध भाषा र संस्कृतिको प्रवद्र्धनका लागि प्रादेशिक प्रज्ञा प्रतिष्ठान खडा गर्न यस प्रतिष्ठानले समन्वय गर्नुपर्ने प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काँइलाले बताए । प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभू घिमिरेले सभाको बन्द सत्रमा वार्षिक नीति, योजना र बजेट प्रस्तुत तथा त्यसमाथि छलफल हुने बताए ।

c


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !