१४ बैशाख २०८१, शुक्रबार

बिना प्रेमकाे धाेका


Katha
Amrit kumar shrestha
अमृत कुमार श्रेष्ठ (अविरल )

दिनभर काम केही पनि नभएर भनुँ वा काम गर्न  अल्छी   लागेर ,म त्याे दिन पनि सुतिरहेको थिएँ । अचानक एउटा चिनजानकाे रिङटाेन(Ringtone) काे अावाज कानमा अाएर ठाेक्कियाे । धेरै दिनपछि बजेकाे भएर हाेला , अाफ्नै माेबाइलकाे रिङटाेन पनि बिरानाे भईसकेकाे थियाे।सायद , कुनै काम परेर त सम्झियाे हाेला, त्यसले मलाई । अरूलाई के काे दाेष, म अाफैपनि चाहिएकाे बेला मात्रै अरूलाई सम्झने मध्ये एक थिएँ । ढिला नगरिकन मैले त्याे फाेन रिसिभ गरेँ । उताबाट प्रश्न तेर्सियाे ” के  छ यार, तेराे हालखबर??” मैले रिप्लाई गरेँ,” के हुन यार , म त धाेकामा बाँचेकाे मान्छे “। कुन धाेका??  कस्तो धाेका?? अाफैलाई केही थाहा थिएन ।

फाेन राखेपछि अाफै एकछिन साेचमा डुबेँ । याे धाेका कसरी सम्भव छ, मेराे जीवनमा । न त म, कसैकाे प्रेममा फसेँ न त केही काममा । सायद, हिजाे दारू बढि भएकाे नतिजा हाेला जस्तै लाग्याे अाफैलाई। तर केही कुराहरू मनमा खेलिरहेका थिए । कयौंपटक प्रयास गरेँ नकार्न सकिएन । बिस्तारै बिस्तारै समय बद्लिद‌ैै गयाे, मेराे उनी माथिकाे दृष्टिकोण बद्लियाे तर अँह, म बद्लिन सकिँन ! सायद, सधैं उनकाे सपना देख्ने यी अाखाँलाई, थाहा थियाे कि हाेला मेरा अन्तरमनका ब्यथाहरू । कहिलेकाहीँ लाग्दथ्याे जिन्दगी एउटा रङ्गमञ्च हुँदाे त मैले पनि सर्वश्रेष्ठ कलाकारकाे अवार्ड पाइसक्थे हाेला ।

जीवनकाे हरेक हिस्सा कहानी बन्न लायक छन् फरक यति हाे कि कथा त्यसकाे बन्छ जसलाई भाेगाइका किस्सा याद छ ।

उनीसँगका ती अतितका दिनहरू अाँखा अगाडि अाउन थाले। ती दिनहरू सम्झदाँ त  पक्कै मैले बिना प्रेमकाे धाेका पाएकाे छु तर मलाई दुनियाँ माझ प्रमाणित गर्नुपर्ने थियाे। भलै, त्याे कुरा अाफैमा स्वकार्य थिएन।साँच्चै, हाे अस्ति भर्खरसम्म उनी Chatlist काे प्रथम श्रेणीमा  थिइन् । फरक , हिजाे अाज उनी Blocklist काे प्रथम श्रेणीमा छिन् । खै , याे कसरी भयाे , थाहा छैन । न त कुनै रिस थियाे , न त कुनै झगडा नै भएकाे थियाे। सायद , जूनकाे gravity ले सामुन्द्रिक छाल , बनाए जस्तै कुनै कुराले अर्कोतिर उनलाई अाकर्षण गरेकाे हुनुपर्छ । मान्छेकाे बनावट मात्र नभएर विचारसँग पनि लागू हुने खालकाे Universal law बनाएका Newton काे तारिफ जति गरेपनि कम हुन्छ ।

ती seen मात्र गरेर छाडेकाे message ले पक्कै पनि चित्त दुखाउँथ्याे मेराे । तर मलाई त्यसकाे अादत परिसकेकाे थियाे । थाहा , थियाे अब मेराे message काे केही अर्थ छैन उसकाे लागि । मेराे message बस् seen हुनलाई मात्र उसकाेमा गईरहेछ तर पनि याे मन उनलाई नसम्झिकन कहाँ बस्न सक्दथ्याे र! कहिलेकाही त झुक्किएर भएपनि reply अाउने अाशामा message गरिरहन्थेँ । त्यसै त हरि गीताकाे कहानीलाई मुनामदन बनाईदिने मेराे बानी, अझ १/२ प्याक दारू परेपछि सायद, Romeo Juliet कै कहानी बन्दाे हाे ! अापसमा भएका सबै मसँग रून थाल्दथेँ । कथाकाे प्रस्तुत नभएपनि दारूकाे असरले कमाल गर्दाे रहेछ ।

मसँग उनीसँगकाे प्रेमकाे न कुनै अाधार थियाे न त प्रमाण नै । बस् थियाे  त केवल उनीप्रतिकाे विश्वास । कुनै पनि कुराबाट हाेस् या साेचाइका कुराबाट कतैबाट प्रेम शब्द अाउँदैनथ्याे। तर, म साेचाइकाे गहिराइमा त्यसै अनायसी कुराहरू साेच्दै हराउँथेँ । लाग्थ्यो, कहिलेकाहीँ -कलियुगमा विज्ञान र प्रविधिकाे विकाससँगसँगै प्रेमकाे पनि परिभाषा परिवर्तन भएछ । म स्वंम् विज्ञानकाे विद्यार्थी भएर पनि अवज्ञित रहेछु । जून कुरालाई दुनियाँले वर्षाे देखि  प्रेम भन्दैथियाे, त्याे त केवल अाकर्षण मात्रै  रहेछ । जस्तो कि, चुम्बकीय धुव्रले विपरीत धुव्रलाई अाफैतिर खिचेकाे जस्ताे । अनि फेरि त्यहि Newton’s Law of Gravitational Attraction काे उदाहरण स्वरूप एउटा वस्तु अाफूलाई मान्छु अनि अर्काे उनलाई – यहि सम्झेर चित्त बुझ्दैथियाे अाजकाल ।

कथामा एक हरफ पनि नअाेगटने उनकाे र मेराे प्रेम (नभएको ) सम्बन्धलाई अाधार मानेर धाेका खानु सायद मेराे अाफ्नै मुर्खता थियोे । साथिसम्मकाे पनि नभएकाे मेराे र उनकाे सम्बन्ध बारम्बार समझेर धाेका खाेज्नु सायद मेराे महानता थियाे हाेला । कसैप्रति साहनुभुति देखाउनु त मेराे मानवता पनि थियाे। धन भनेपछि महादेवकाे दिन नेत्र भनेझै थियाे म र उनकाे प्रेम सम्बन्ध । पुरै असम्भव । झिनाे विश्वासकाे अाशमा मैले धाेका खाएकाे छु , सायद सच्चा प्रेम गर्नै हरू नै हाेलान् पत्रपत्रिका अनि टि.भीमा अात्महत्या खबर बन्ने । हावा र अक्सिनमा फरक छुट्टाउने नसक्नेहरू तिमी बिना म मर्छु भन्न थालेका दिनदेखि मेराे बिना प्रेमकाे धाेका खानेे काम बन्द भएकाे छ । कलियुग हाेस् या सत्ययुग अक्सर बिना प्रेमकाे धाेका खानेहरूले कमाल गर्दैछन् । बस् सबैले बिना प्रेेमकाे धाेका खान सिक्नुपर्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !