२५ बैशाख २०८१, मंगलबार

असिना-पानी र हावाहुरीको सम्भावना, यस्तो छ आजको मौसम पूर्वानुमान


आजको मौसम

बैशाख ८, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६:०० बजे)

मौसम विश्लेषण

हाल देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको छ।

हालको मौसमको अवस्था

हाल देशको पूर्वी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भेगको मौसम सामान्तया सफा रहेको छ |

दिउँसो

देशभर आंशिक देखि सामान्य बदली रहनेछ । अपरान्ह पश्चात् पूर्वी तथा मध्य क्षेत्र लगायत अन्य पहाडी भू-भागका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

राती

देशभर आंशिक देखि सामान्य बदली रहनेछ । पहाडी भूभागका केहि स्थानहरुमा साथै पूर्वी तराईका एक-दुई स्थानमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !