२४ बैशाख २०८१, सोमबार

असिना-पानी र हावाहुरीको सम्भावना, यस्तो छ आजको मौसम पूर्वानुमान


आजको मौसम

बैशाख ५, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६:०० बजे)

मौसम विश्लेषण

हाल देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको छ ।

हालको मौसमको अवस्था

हाल देशको पूर्वी र पश्चिमी भू-भागका साथै मध्यका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ ।

दिउँसो

देशभर सामान्यतया बदली रहने छ । देशका मध्य र पूर्वका केही स्थानहरु र पश्विमीका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको संभावना रहेको छ ।

राती

देशभर आंशिक देखि सामान्य बदली रहनेछ। पहाडी भूभागका थोरै स्थान र तराईको एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !