२० बैशाख २०८१, बिहिबार

यस्तो छ देशभरको तीन दिनको मौसम पूर्वानुमान


मौसम

काठमाडौँ, फागुन २९ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

मौसम विश्लेषण

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको अंशिक प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था

देशको पहाडी भू-भागमा आंशिक बदली रहि अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

२०७८ फागुन २९ गते (आईतबार)

दिउँसो

देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ र गण्डकी प्रदेश का पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।देशको पूर्वी हिमाली भू-भागको एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती

देशको गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रहि अन्य भु-भागमा मौसम सामान्यतया सफा रहने छ ।

२०७८ फागुन ३० गते (सोमबार)

दिउँसो

देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

राती

देशभर मौसम सामान्यतया सफा रहने छ ।

२०७८ चैत्र १ गते (मंगलबार)

दिउँसो

देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

राती

देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

उल्लेखनीय मौसमी चेतावनी तथा परामर्श नभएको विभागले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !