२२ बैशाख २०८१, शनिबार

२०७८ साल फागुन २५ गते बुधबार देशभर आजको मौसम पूर्वानुमान


मौसम पूर्वानुमान

काठमाडौँ, फागुन २५ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

मौसम विश्लेषण

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन ।

हाल मौसमको अवस्था

प्रदेश १ र मधेश प्रदेशको भु-भागमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहि अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो

देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

राती

देशको सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नभएकोले उल्लेखनीय चेतावनी तथा परामर्श नभएको विभागले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !