२४ बैशाख २०८१, सोमबार

२०७८ साल असोज १२ गते मंगलबार देशभर आजको मौसम पूर्वानुमान


मौसम पूर्वानुमान

काठमाडौँ, असोज १२ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

बिहान ६:०० बजे

मौसम विश्लेषण

हाल मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको छ ।

बिगत २०७८ आश्विन ८ गते (२०२१ सेप्टेम्बर २४ तारिक) मा बंगालको खाडीमा गहिरो न्यून चापिय क्षेत्र बन्न शुरु भई आश्विन ९ गते (सेप्टेम्बर २५ तारिक) मा बनेको “गुलाब” नामक शक्तिशाली चक्रवात‍ आश्विन १० गते (२६ तारिक) का दिन उडिसाको जमिनमा अवतरण भई पश्चिम दिशा तर्फ अगाडि बढिरहेको छ । यसको अप्रत्यक्ष परिधीय असरका कारण नेपालमा आंशिक देखि सामान्य बदलीको अवस्था हुन सक्ने तर यसको असरका कारण देशमा भारी वर्षा हुने सम्भावना भने न्यून रहेको जानकारी अवगत गराउन चाहन्छौं।

हाल मौसमको अवस्था

हाल देशभर आँशिक देखि सामान्य बदली रही कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भएको छ ।

दिउँसो

देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती

देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशभर आँशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले उक्त स्थानहरुका पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !