१४ बैशाख २०८१, शुक्रबार

यस्तो छ आगामी तीन दिनको देशभरको मौसम पूर्वानुमान


मेघ गर्जन/चट्टयाङ्/हावाहुरी सहित वर्षाको सम्भावना मौसम

काठमाडौँ, फाल्गुन २९ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६ बजे)

मौसम विश्लेषण

हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था

हाल देशभर आंशिकदेखि सामान्य बदली रहि देशका थोरै स्थानहरुमा हल्का बर्षा भएको छ ।

फाल्गुन २९ गते (शनिबार)

दिउँसो

देशभरी आंशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयाङ सहित वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हल्का हिमपातको संभावना रहेको छ ।

राती

गण्डकी, बागमती प्रदेश र प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ । गण्डकी, बागमती प्रदेश र प्रदेश नं १ को पहाडी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन/चट्टयाङ सहित वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमालि भू-भागहरुमा हल्का हिमपातको संभावना रहेको छ ।

चैत्र १ गते (आइतबार)

दिउँसो

देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ । बागमती प्रदेश र प्रदेश नं १का पहाडी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन/चट्टयाङ सहित वर्षाको सम्भावना रहेको छ ।

राती

देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ । गण्डकी प्रदेश र प्रदेश नं १ का पहाडी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन/चट्टयाङ सहित वर्षाको सम्भावना रहेको छ ।

चैत्र २ गते (सोमबार)

दिउँसो

देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ । देशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन/चट्टयाङ सहित वर्षाको सम्भावना रहेको छ ।

राती

देशको पहाडी भू-भागहरुमा आंशिक बदली रहने छ बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश नं १ को पहाडी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन/चट्टयाङ सहित वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयाङ्/हावाहुरी सहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !