२३ बैशाख २०८१, आइतबार

आज पुस ११ गते शनिबार देशभर आजको मौसम पूर्वानुमान


मौसम पूर्वानुमान

काठमाडौँ, पुस ११ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६ बजे)

मौसम विश्लेषण

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

हालको मौसमको अवस्था

हाल तराईका भू-भागका थोरै स्थानहरुमा बाक्लो हुस्सु/कुहिरो लागेको छ र बांकी भु-भागको मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो

प्रदेश नं १ र सुदुरपश्चिम प्रदेशमा आँशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती

गण्डकी प्रदेश,लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आँशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

चिसो रहिरहने तथा तराई/पहाडी भू-भागका केही स्थानमा बिहानीपख हुस्सु/कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन सबैमा विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !