२० बैशाख २०८१, बिहिबार

आज मंसिर २७ गते शनिबार देशभर आजको मौसम पूर्वानुमान


जल तथा मौसम विज्ञान विभाग

काठमाडौँ, मंसिर २७ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६ बजे)

मौसम विश्लेषण

हाल देशमा पश्चिमी वायुको प्रभाव संगै दक्षिणपूर्वी अरवियन सागरबाट जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको छ ।

हालको मौसमको अवस्था

हाल देशभर आँशिक देखि सामान्य बदली रहेको छ ।

दिउँसो

देशभर आंशिक देखि सामान्य बदली रहने छ । सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका उच्च हिमाली भू-भागमा हल्का/बर्षा हिमपात र प्रदेश १ को पहाडी भूभागका एक-दुई स्थानमा हल्का बर्षाको सम्भावना समेत रहेको छ ।

राती

प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेश तथा सुदुर पश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली र बाँकि भू-भागमा आंशिक बदली रहनेछ । हिमाली भू-भागमा हल्का देखि मध्यम खालको हिमपातको सम्भावना र प्रदेश नं १ को पहाडी भू-भागका एक दुई स्थानमा हल्का बर्षा हुने संभाबना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

पहाडी भेगका केहि स्थानहरुमा हल्का वर्षा संगै हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेकोले देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आई चिसो बढ्नुको साथै तराईका अधिकांश भु-भागहरुमा बिहानीपख वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !