२० बैशाख २०८१, बिहिबार

आज मंसिर २५ गते बिहिबार देशभर आजको मौसम पूर्वानुमान


मौसम पूर्वानुमान

काठमाडौँ, मंसिर २५ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६ बजे)

मौसम विश्लेषण

हाल दक्षिण पूर्वी अरवियन सागर र इन्डीयन सागरमा विकशित न्युन चापीय प्रणालीको आंशिक प्रभाव परेको छ ।

हालको मौसमको अवस्था

हाल प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागहरुमा आंशिक बदली रहेको छ ।

दिउँसो

प्रदेश नं १, प्रदेश नं २ र बाग्मति प्रदेशका भू-भागहरूमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश नं १ को पहाडी भू-भागका एक दुइ स्थानमा हल्का बर्षा हुने सम्भावना रहेको छ ।

राती

प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली रही बाँकी स्थानहरुमा आंशिक बदली रहनेछ । प्रदेश नं १ को पहाडी भू-भागका एक दुइ स्थानमा हल्का बर्षा हुने संभाबना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !