२५ बैशाख २०८१, मंगलबार

माडीमा भारी वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह


माडीमा भारी वर्षा

चितवन, असार २६ । चितवनमा लगातार वर्षा भइरहेको छ । विशेषगरी जिल्लाको माडी क्षेत्रको बनकट्टा, कल्याणपुर र आसपासका क्षेत्रमा पनि भारी वर्षा भएको छ ।

रिउखोलामा जलसतह सतर्कतासम्म पुग्न सक्ने भएकाले माडी नगरपालिकाको तटीय क्षेत्रमा आज बिहान ९ बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज देशका सबै प्रदेशभा वर्षा भइरहेको छ । चितवनमा विशेषगरी नारायणी, रिउ, राप्ती खोलाबाट बाढी आउने खतरा रहेको छ । चितवन प्रशासनले बाढी आउन सक्ने भएकाले सबैलाई सतर्क भएर बस्न आग्रह गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !