८ बैशाख २०८१, शनिबार

स्वर्गको टुक्रा जस्तो बन्दै चितवन माडीको पर्यटकीय गन्तव्य सोमेश्वोर गढी


सोमेश्वोर गढी

पृष्ठभूमि : पाल्पाका राजा मुकुन्द सेनले अंग्रेजबाट बचाउन सोमेश्वोर गढी निर्माण गरेको बताइन्छ । यस अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रर्वद्धन गर्नुपर्ने नयाँ १०० वटा पर्यटकीय गन्तब्यहरुमा चितवन जिल्लाको माडीमा रहेको सोमेश्वोर गढीलाई पनि छनोट गरेको छ ।

परिचय

चितवन जिल्लाको माडी नगरपालिकामा पर्ने सोमेश्वर गढी सोमेश्वर पर्वत नेपाल-भारत सिमानाको सबैभन्दा अग्लो शिखर हो । सोमेश्वर क्षेत्र नजिकै नेपाल भारतको ४५ नम्बर सीमा स्तम्भ छ । माडी उपत्यकाको दक्षिण तिर सोमेश्वर चुरे डांडा जुन भारतसंग जोडिएको छ भने यसको पुर्ब, पश्चिम र उत्तरमा राष्ट्रिय निकुन्ज पर्दछ । उर्बर एबं सुन्दर भूभाग चारै तिरबाट चुरे पहाड अनी राष्ट्रिय निकुन्जले घेरिएको माडी उपत्यकामा दर्जनौ साना खोला, नालाहरु दक्षिणबाट उत्पन्न भै उत्तरतिर बगेका छन ।

इतिहास

सोमेश्वरगढी रहेको पहाडमा विभिन्न समयमा विभिन्न किसिमका हातहतियार, भाँडाकुँडा तथा ढुंगामाटाका आकृतिहरु फेला पर्ने गरेको छ । नेपाल र अंगेजबीच लडाइँको समयमा अग्रेजी सेना रोक्नका लागि गढी निर्माण गरी नेपाली सेना तैनाथ गरिएको थियो । तर पछि पानीको समस्याले गर्दा सेनालाई त्यहाँबाट उपरदाङगढी सारिएको इतिहास छ । लिच्छवी शासकहरु नेपाल आउँदा यही गढीको बाटो हुँदै आएका र पछि भारतसँगको व्यापार पनि यही नाकाबाट गरेका थिए ।

धार्मिक तथा सांस्कृतिक महत्व

यहाँ कालिका माताको दर्शन गर्ने भक्तालुहरु आउने गर्छन् ।

 सोमेश्वोर गढी

प्राकृतिक सौन्दर्य

माडी क्षेत्रको वनजंगल, ताल, मठ–मन्दिर, ऐतिहासिक, धार्मिक स्थल, थारु बस्ती र उनीहरुको संस्कृति, तरकारी तथा फलफूल खेती, माछापालन, रेशम खेती आदी पर्यटकका लागि आकषर्णका केन्द्र बनेका छन । चारैतिर पहाड, जंगल र बीचमा उपत्यका रहेको माडी पर्यटकका लागि रमणिय स्थल मानिन्छ । माडीको कल्याणपुरमा रहेको सहिद स्मारक टावरबाट समग्र माडी र पश्चिम चितवनका धेरै भूगोल अवलोकन गर्न सकिन्छ । रातको समयमा टावरबाट बस्तीहरुमा बलेका बत्तीहरु हेर्दाको आनन्द पर्यटकहरुले लिन पाउछन् ।

पर्यटकीय महत्व

माडी उपत्यका भित्र पर्ने जंगलमा डुलेर विभिन्न चराचुरुङ्गी र जंगली जनावारहरु देख्न पाइउदा पर्यटकहरु रमाउछन । माडी क्षेत्र तीर्थाटन पर्यटकहरुलाई पनि उत्तिकै महत्व मानिन्छ । माडी क्षेत्रमा गोद्धकधाम, पाण्डवनगर गाउँ, वाल्मीकी आश्रम, सोमेश्वरगढी, गर्दी र बघौडाका थारु गाउँ, वैकुण्ठे ताल, चमेरे गुफा, रेवापारिको सिमरा गाउँ, गोपाल नगरको माछापालन, लक्ष्मीनिवास गाउँ आदि रहेका छन । जुन कारणले माडी एउटा सानो संग्रहालयजस्तो मानिन्छ । अयोध्यापुरीको जंगल क्षेत्रभित्र पर्ने रमाइलो डाँडाबाट मेघौली र आसपासका केही क्षेत्र देख्न सकिन्छ । कल्याणपुर गाउँको गोपाल नगरमा रहेको पाँच सय क्षेत्रफलमा फैलिएको माछा पोखरी पनि आजभोली पर्यटकिय स्थल बनेको छ ।

पर्यटकीय सम्भावना

चितवनको माडी उपत्यका चितवन राष्ट्रिय निकुञ्जले तीनतर्फ र दक्षिणमा सोमेश्वर पर्वतले घेरिएको छ । वरिपरिबाट वनले घेरिएको माडी नगरपालिका हरियाली र मनोरम छ । निकुञ्ज र वन्यजन्तुले सुन्दर बनाएको सोमेश्वोर गढी अहिले पर्यटनको गन्तब्य हुन थालेको छ ।

कसरी पुग्ने ?

माडी-३ मा रहेको वसन्तपुर बजारबाट करिव ११ किमि यात्रापछि सोमेश्वर फेदी पुगिन्छ ।

 सोमेश्वोर गढी

यो पनि पढ्नुहोस्  

चितवनको सुन्दर पर्यटकीय गन्तव्य बीस हजारी ताल

मकवानपुरमा रहेको पृथ्वीनारायण शाहको ससुराली घर मकवानपुरगढी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !