१३ बैशाख २०८१, बिहिबार

भक्तपुरको धार्मिक पर्यटकीय गन्तव्य नीलबाराही मन्दिर


नीलबाराही मन्दिर

पृष्ठभूमि : भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिका बोडेमा प्रसिद्ध नील वाराहीको मन्दिर रहेको छ । नेपालमा पूजा उपाशना हुने अन्य प्रकारका वाराही सरह नै नील वाराही पनि तान्त्रिक देवी हुन्, जसको मन्दिर बोडेमा एउटा सानो ढिस्कामाथि जंगलभित्र निर्माण गरिएको छ ।

नेपाल सरकारले पर्यटकीय प्रबल सम्भावना भएका १०० स्थानहरुको पहिचान गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने कार्यक्रम अघि बढाएको हो । यस अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रर्वद्धन गर्नुपर्ने नयाँ १०० वटा पर्यटकीय गन्तब्यहरुमा भक्तपुर जिल्लाको नीलबाराही मन्दिरलाई पनि छनोट गरेको छ ।

परिचय

भक्तपुरको मध्यपुरथिमी नगरपालिका–३ टिगनीमा निलबाराही मन्दिर रहेको छ । नील वाराहीको मन्दिर सामान्य देवी मन्दिरको स्वरूपमा गरिएको छ । मन्दिरभित्र एउटा अवंकृत गवाक्ष निर्माण गरी त्यसभित्र नील वाराहीका रूपमा पुजिने प्राकृतिक प्रस्तर राखिएको छ । नील वाराहीको बेग्लै मूर्ति नभएर प्राकृतिक प्रस्तरमा यिनको पूजाआजा गरिने भएपनि यस मन्दिर परिसरमा अन्य विभिन्न देवीदेवताका मूर्तिहरू चारैतिर देखिन्छन् ।

इतिहास

यो मन्दिरको स्थापना नेपालमा तान्त्रिक प्रभाव अत्यधिक मात्रामा भएको समयमा मध्यकालतिर भएको मानिन्छ । यसलाई हिन्दू र बौद्ध दुवैले पूजाआजा गर्दछन् । तर यिनको पूजा भने तान्त्रिक विधिबाट गरिन्छ । नील वाराहीको मन्दिर सामान्य देवी मन्दिरको स्वरूपमा गरिएको छ । मन्दिरभित्र एउटा अवंकृत गवाक्ष निर्माण गरी त्यसभित्र नील वाराहीका रूपमा पुजिने प्राकृतिक प्रस्तर राखिएको छ ।

नील वाराहीको बेग्लै मूर्ति नभएर प्राकृतिक प्रस्तरमा यिनको पूजाआजा गरिने भएपनि यस मन्दिर परिसरमा अन्य विभिन्न देवीदेवताका मूर्तिहरू चारैतिर देखिन्छन् । वाराहीको सांकेतिक प्रस्तर राखिएको स्थानमा मन्दिरको शिखर गजुरजस्तो बनाइएको छ । यसलाई झट्ट हेर्दा यो एउटा चैत्य जस्तो पनि देखिन्छ । त्यस स्वरूपलाई चारैतिरबाट धातुका पाताले मोरेर अति धेरै आकर्षक बनाइएको छ ।

महत्व

वोडे क्षेत्रको जिव्रो छेड्ने जात्रा पछिको ठूलो जात्राको रुपमा यहाको जात्रालाई लिइएको छ । निलबाराही जात्रामा १९ जना देवता र देवगण समेतलाई मूलघरबाट निकालेपछि विभिन्न टोलटोलमा रहेका देवालयको परिक्रमा सहित नचाउँने गरिन्छ ।

धार्मिक तथा सांस्कृतिक महत्व

मध्यपुर ठिमीको बोडे श्रेत्रमा प्रत्येक वर्षको भाद्र द्धितियादेखि पञ्चमीसम्म निलबाराही नाच नचाइन्छ । गाईजात्राको पर्सिपल्टबाट सुरु भइ तीनदिन चाररातसम्म मनाइने निलबाराही जात्रामा इने नाचमा भैरव १, बाराही ४, कुमारी ४, सिंह ४, द्वारपाल २ र गणेश ४ जना गरि १९ जना देवताको नाच देखाइने गरिन्छ ।

ऐतिहासिक तथा पौराणिक मान्यताहरु

वोडे क्षेत्रको जिव्रो छेड्ने जात्रा पछिको ठूलो नाचको रूपमा स्वीकार गरिएको निलबाराही जात्रामा १९ जना देवता र देवगण समेतलाई मूलघरबाट निकालेपछि विभिन्न टोलटोलमा रहेका देवालयको परिक्रमा सहित नचाउँने गरिन्छ । यसवीचमा अर्थात नाच मूलघरमा नभित्र्याएसम्म नाच्ने देवगणले केही पनि खान नहुने, कसैसँग पनि बोल्न नहुने र कहीँ पनि बस्न नहुने त्यस्तै भुइँमा बस्न, छाता ओढ्न, दिसापिसाब गर्न नहुने मान्यता रही आएको छ ।

प्राकृतिक सौन्दर्य

यस मन्दिर पुग्ने क्रममा हरिया बनस्पति र ताजा हावाको आनन्द लिन सकिन्छ ।

पर्यटकीय सम्भावना

भक्तपुरको बोडेमा सालभर अनेक प्रकारका नृत्यहरू पनि गरिन्छ । यस क्रममा नील वाराहीको नृत्य गर्ने चलन पनि छ । उक्त नृत्य ऋषितर्पणी पूर्णिमाको भोलिपल्ट निकालिन्छ । चार दिनसम्म चल्ने उक्त उत्सवमा सहरका १९ जना प्रमुख व्यक्तिले नृत्य गर्ने गर्दछन् । यसका लागि जम्मा २७ प्रकारका परम्परागत बाजाहरू बजाइन्छन् । यस नृत्यलाई नील वाराही प्याखन भनिन्छ । यस्ता नृत्यहरुले आन्तरिक तथा ब्यह्य पर्यटनमा टेवा पुर्याउने देखिन्छ ।

कसरी पुग्ने ?

काठमाडौँवाट यहाँ सजिलैसंग पुग्न सकिन्छ । भक्तपुरको मध्यपुरथिमी नगरपालिका ३ टिगनीमा अवस्थित यो मन्दिरसम्म मोटर बाटो रहेको छ ।

तस्वीर : राजु नेपाल

यो पनि पढ्नुहोस्  

ललितपुरको पर्यटकीय क्षेत्र गोदावरी र फूलचोकी हाइकिंग

ललितपुर जिल्लाको सुन्दर पर्यटकीय गन्तब्य नागदह

काभ्रे जिल्लाको आकर्षक पर्यटकीय गन्तब्य बल्थली

काभ्रेपलाञ्चोकको सुन्दर पर्यटकीय गन्तव्य तिमाल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !