८ बैशाख २०८१, शनिबार

रौतहटको ऐतिहासिक पर्यटकीय स्थल नुनथर


रौतहटको नुनथर

पृष्ठभूमि : सातौं शताब्दीमा प्रसिद्ध चिनियाँ यात्री हवेन सांग नुनथरमा बास बेसेको तांग वृतान्तमा उल्लेख छ ।

परिचय

पूर्व-पश्चिम राजमार्गको बागमती खण्डबाट झण्डै २ किलोमिटर उत्तर थोरै पहाड चढेपछि नुनथर क्षेत्र पुगिन्छ । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकास्थित १६ हेक्टर क्षेत्रमा फैलिएको यो स्थानको दक्षिण खण्डको कुवाको पानी नुनिलो छ । चुरेफेदको पानीका मूलहरूमध्ये नुन मिसिएको मिठासयुक्त अन्यत्र पाइएको छैन । यहाँ आउने अधिकांश भारतीय पर्यटक छन् ।

धार्मिक तथा सांस्कृतिक महत्व

१ सय वर्षभन्दा बढी पुरानो शिव मन्दिर र त्यँहाको नुनिलो पानीका कारण यो क्षेत्र धार्मिक र पर्यटकीय महत्त्वले प्रख्यात छ । यही पानी नबिराई दुई वर्षसम्म खाएमा कुष्ठरोग चर्म रोग निको हुने जनविश्वास छ ।

पर्यटकीय महत्व

आफ्नै किसिमको मान्यता बोकेको विषयवस्तुले गर्दा निकै प्रसद्धि छ । विविधता एवम् प्रकृतिको मनमोहक दृश्यावलोकन, मिठासयुक्त नुनिलो पानीको स्वाद चाख्न, वनभोजका र शिवको मन्दिर दर्शनका लागि भारतबाट समेत पर्यटकहरू आउँछन् । छिमेकी सर्लाही, धनुषा, महोत्तरी, बारा, पर्सा, मकवानपुरका मानिसहरू यहाँ घुम्न आउछन् । उनीहरू दिनभर घुमफिरमा व्यस्त हुन्छन् । साउन भदौ महिनाभरि यहाँ मेला लाग्छ ।

ऐतिहासिक तथा पौराणिक मान्यताहरु

उत्तरतर्फको भिमबाँध महाभारत पात्र महावली भीमले बागमतीमा बाँध लगाएर चुरेको भित्री खण्ड सिंचाइ गर्न बनाइएको भनिन्छ । उनको प्रेरणाले सत्कार्यपूर्ण आकार लिन नसके पनि अवशेषको रुपमा रहेको भीमबाँध ड्यामले प्रमाणित गरेको छ । ५ पाण्डव वनवासका बेला भीमसेनले चुरेको भित्री खण्ड मात्र नभई भावरका केही सुख्खा भूमागमा सिंचाइ गर्न चाहेका थिए । तर शकुनिले गँगटाको रुप लिएर बाँध भत्काएको हँदा कार्य अधुरो रहेको किंवदन्ती छ ।

प्राकृतिक सौन्दर्य

विवाह, ब्रतवन्ध, नयाँ वर्ष मनाउन, पिकनिक, तथा मनोरह दृश्यका लागि प्रख्यात रहेको छ  । नुनथरमा झोलंगे पुल निर्माण गरिएपछि यसको रौनक झनै बढेको छ । पुलले सर्लाहीलाई समेत जोडेको छ । तस्बिर खिच्न मात्र पनि पुलमा पुग्छन् । यहाँबाट बागमती नदीको रमाइलो दृश्य देख्न सकिन्छ ।

जैविक विविधता

पछिल्लो समय पिकनिक, विवाह, वनभोज र घुम्नेहरूको रोजाइमा यो क्षेत्र परेको हो । स्वच्छ सफा, सुन्दर प्राकृतिक एवम् जैविक विविधतायुक्त तथा आफ्नै मौलिकता भएको पर्यटकीय क्षेत्र हो । लामो समयदेखि पर्यटकको यहाँ भीड लाग्छ ।

पर्यटन प्रर्वद्धन

चुरेको काखमा रहेको नुनथर आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य स्थल बनिरहेको छ । यहाँ आउने जो कोही रमाउँछन् । साविक पौराई गाविसको नुनुथर क्षेत्र धार्मिक तथा पर्यटकीय स्थलको रुपमा विकसित हुँदै गएको छ । नुनथरलाई पर्यटकीयको रुपमा विकास गर्न बेला–बेलामा महोत्सवको आयोजना हुने गरेको छ ।

पर्यटकिय सम्भावना

यो क्षेत्र साँच्चिकै पर्यटकीय गन्तव्य बन्न सक्ने भौगोलिक बनावटले पर्यटकीय सम्भावना बोकेको ठाउँ हो । पर्यटकीय विकासको सम्भावना बोकेको नुनथर पूर्व–पश्चिम राजमार्गबाट एक किलोमिटर उत्तर चुरे क्षेत्रमा पर्छ । स्थानीयको लागि विवाह उत्सव तथा बाह्य पर्यटकहरूको रमणीय दृश्यका साथै मनोरञ्जनको रुपमा गन्तव्य स्थल बन्दै गएको छ ।

आकर्षणहरू

भगौलिक बनावटले पनि नुनथर पर्यटकका लागि चर्चित बनेकोले यहाँ आउने सबैलाई यस क्षेत्रले लोभ्याएको छ । यसलाई पर्यटकीय क्षेत्रको रुपमा विकसित गर्न समितिले चिल्ड्रेन पार्क, पिकनिक स्थल, माछा मार्ने स्थान र डुंगा सयरको व्यवस्था गरेको थियो ।

समस्याहरु

पर्यटकीय गन्तव्यको रूपमा रहेको नुनथर क्षेत्रको सरसफाइमा कसैले ध्यान दिएका छैनन् । पिकनिक खान जाने तथा रमाइलो गर्न जानेले फालेको फोहोरको डुंगुरसमेत व्यवस्थित गर्न समितिले पहल नगरेको स्थानीयको भनाइ छ । पिउने पानीको समेत समस्या रहेको सो स्थानमा पिकनिक खान आउनेहरूले गुनासो गर्ने गरेका छन् ।

कसरी पुग्ने ?

पूर्व-पश्चिम राजमार्गको बागमती खण्डबाट झण्डै २ किलोमिटर उत्तर थोरै पहाड चढेपछि नुनथर क्षेत्र पुगिन्छ ।

तस्वीर स्रोत : निभेश कुमार

यो पनि पढ्नुहोस्  

धनुषाको ऐतिहासिक धार्मिक स्थल मणि मण्डप

सर्लाहीको मनोरम पर्यटकीय गन्तब्य नाढीमन ताल

महोत्तरीको प्रसिद्ध धार्मिक तीर्थस्थल जलेश्वर महादेव

मनोकामना पूरा गर्ने सप्तरीको धार्मिक शक्तिपीठ छिन्नमस्ता

सिराहाको ऐतिहासिक पर्यटकीय स्थल सहलेस दरबार पर्यटन क्षेत्र


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !