९ फाल्गुन २०८०, बुधबार

सिराहाको ऐतिहासिक पर्यटकीय स्थल सहलेस दरबार पर्यटन क्षेत्र


सहलेस दरबार पर्यटन क्षेत्र

पृष्ठभूमि : राजा सहलेसलाई राजर्षी राजा जनकपछि मिथिलाको हावापानी, खेतखलो, गाउँघर, पशुपंक्षी, वनजंगल सर्वत्र लोकप्रिय पात्रको रुपमा प्रादुभाव प्रादुर्भाव भएको व्यक्तित्व मानिन्छ । पांचौ-छैठौ शताब्दीतिर मिथिलामा आफ्नो पराक्रम र चमत्कारीक नेतृत्वले गर्दा आजसम्म उनको चर्चा छ । महिसौथा, हालको सिरहा माडर उनको जन्मस्थल हो । उनको वास्तविक नाम भने राजा जयवर्धन सैलेश रहेको थियो । यिनी कुनै दन्त्य कथाका पात्र होइनन् पुराणका यशस्वी राजर्षि नै हुन् । उनी त्यतिबेला राजा भएतापनि लोककल्याणमा सक्रिय थिए जसकारण उनी जनताका प्रिय पात्र बनेको बताइन्छ ।

परिचय

सिराहा जिल्लामा पूर्व कर्णाटकालीन अवशेष रहेका छन । अत्यधिक सम्मान पाएका राजा सलहेस देवताभन्दा पनि लोकनायक थिए । आफ्नो वीरता, पुरुषार्थ र व्यक्तिद्वारा पूजित उनीसँग सम्मिलित यस जिल्ला धेरै ऐतिहासिक स्थलहरू रहेका छन् । सलहेस कुनै काल्पनिक पात्र नभएर आफ्ना समयका लोकनायक थिए । सलहेस गाथामा वर्णन गरिएअनुसार राजा सलहेसले एकैदिनमा मानिकदहमा नुहाउने, फूलबारीमा फूल टिप्ने, सिलहट अखाडामा कुस्ती खेल्ने तथा कुलदेवीको पूजा गरी कञ्चनगढमा पीरमार्का सुन्ने गर्दथे । सलहेसको गाथासँग जोडिएका ऐतिहासिक ठाउँहरू सिराहा जिल्लाको जनजीवनसँग गहिरो सम्बन्ध राख्दछ ।

त्यसैले आज आम मानिस नै यिनको अमरत्वको रक्षक बनेका छन् । उनको व्यक्तित्वमा अचम्मको आकर्षण छ । प्रेम, प्रकृति, शौर्य, न्याय र नेतृत्व सबै गुणमा उनी सबल मानिन्थे । सलहेस मात्र नभएर उनका सहयोगी पात्रहरू पनि देउताझैँ पूजिन्छन् । पूर्वी नेपाल र उत्तरी बिहार अर्थात मिथिला क्षेत्र सलहेसको कर्मथलो रह्यो । मिथिलामा अन्याय, अत्याचार र अराजकता बढेको समयमा सलहेसको प्रादुर्भाव भएको थियो । उनलाई मिथिला क्षेत्रमा अन्याय र अत्याचार विरूद्ध लडेका विद्रोही पात्रका रूपमा समेत चिनिन्छ । उनलाई तराईंको दुसाध समुदायले अहिले पनि भगवानका रूपमा पुजा गर्ने गर्छन् ।

सहलेस फुलबारी सिराहा जिल्लाको धार्मिक तथा ऐतिहासिक स्थल हो । करिब नौ बिघामा फैलिएको सो फुलबारी दुसाध र दनुवार जातिका इष्ट देवता सहलेसको फुलबारीको रूपमा प्रसिद्ध रहेको छ । फूलबारीको मध्यभागमा रहेको हाराम नाउँको रुखको हाँगामा प्रत्येक वर्ष नयाँ वर्षको पहिलो दिन एकाबिहानै एकदिनका लागि माला आकारको सेतो फूल फूल्ने गरेको छ । अचम्म के छ भने साँझपख फूल ओइलाएर जान्छ । युवायुवतीले उक्त फूललाई साक्षी राखी प्रणयसूत्रमा बाँधिने गर्दछन । गहबरमा सहलेस र मालिनीको भव्य मूर्ति रहेको छ । पूजारीका अनुसार मन्दिर पछाडी इनार र बालीगंगा नदी बग्ने गरेको र इनार कहिलेकाँही अपर्झट रूपमा मात्र देखिने गरेको छ ।

धार्मिक तथा सांस्कृतिक महत्व

सातौं-आठौं शताब्दीदेखि फूल्दै आएको विश्वास गरिएको त्यो फूल हेर्न विदेशी समेत आइपुग्छन् । हारामको रुख नजीकै सहलेस महाराजा तथा मालिनीको मन्दिर (गहबर) छ । त्यहाँ गरेको भाकल पूर्ण हुने जनविश्वास रहिआएको छ । वैशाख १ गते त्यहाँ ठुलो मेला लाग्ने गर्छ जहाँ नेपाल र भारतबाट लाखौं मानिस आउने गर्छन् ।

अच्चमको उक्त फूल हेर्न भारतबाट समेत असङ्ख्य मानिस आउने र मेला भर्ने गर्छन् । किंबदन्ती अनुसार प्रत्येक वर्ष वैशाखको पहिलो दिन मालिनी राजा सलहेसको प्रतीक्षामा फूलमाला लिएर उक्त रुखमा प्रकट हुन्छिन् । साँचो मनले जसले भाकल गर्छ, उसको मनोकामना पूरा हुने जनविश्वास छ । मेलाको दिन थुप्र्रै युवा जोडी आएर ती फूललाई साक्षी मानी प्रेमविवाह गर्छन् ।
ऐतिहासिक तथा पौराणिक मान्यताहरु

सिरहाको लहानदेखि चार किलो मिटर पश्चिममा उनको नाममा राखिएको सलहेश फुलबारी छ । हरेक वर्षको नयाँ वर्षमा उक्त फुलबारीमा फुल फुल्ने गर्छ । फुलबारीमा पुजा गर्न आउने मनोकांक्षा पुरा हुने विश्वास गरिन्छ । यो फुलबारीमा राजा सलहेस फुल टिप्ने जान्थे भन्ने किवंदन्ती छ । सलहेसलाई उनकी प्रेमीका कुशमा मालिनले हरेक दिन त्यहाँ फुलको माला अर्पण गर्थिन भन्ने विश्वास छ । त्यही प्रेमको प्रतिकका रूपमा आज पनि त्यहाँ फुल फुल्ने गरेको विश्वास गरिन्छ ।

सहलेस दरबार

पर्यटन प्रर्वद्धन

उहाँ मिथिलाको ऐतिहासिक यस्ता गौरवशाली इतिहास बोकेका धरोहर संरक्षणको सम्वद्र्धन र विकास गर्न सरकारले अग्रसरता देखाउनै पर्छ । राष्ट्रिय गौरवका रुपमा रहेको यस्तो अनौठो फूलको सरकारी स्तरबाट प्रचार–प्रसार गर्न सके यसले अन्तर्रािष्ट्रय स्तरमा नेपालको पहिचान बनाउन सक्ने सम्भावना देखिन्छ ।

पर्यटकिय सम्भावना

सिरहा जिल्लाभित्र राजा सलहेसको गाथासँग जोडिएको धार्मिक स्थलको खोजी गरी सरकारले संरक्षण गर्न सके राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय स्तरमा नेपाललाई चिनाउन सकिन्छ । पुरातात्विक महत्व बोकेका अवशेषको उत्खनन् गरी राज्यले यसको विकास गर्न सके आन्तरिक र बाह्य पर्यटक भित्र्याउन टेवा पुग्ने विश्वास लिइएको छ ।

कसरी पुग्ने ?

लहान नगरपालिकादेखि ४ किमी पश्चिम दक्षिणमा १२ बिघा क्षेत्रफलमा फैलिएको छ ।

यो पनि पढ्नुहोस् 

सोलुखुम्बुको लुकेको हिरा पिके डाँडा

गुराँसको राजधानी तीनजुरे-मिल्के-जलजले

सोलुखुम्बुको सुन्दर पर्यटकीय गन्तव्य पत्ताले

खोटाङको सुन्दर पर्यटकीय गन्तब्य बराह पोखरी

सोलुखुम्बुको सुन्दर पर्यटकीय गन्तब्य पाँच पोखरी

दक्षिण एसिया र नेपाल कै दोस्रो अग्लो झरना ह्यातुङ

उदयपुरको ऐतिहासिक पर्यटकीय गन्तब्य उदयपुरगढी

मनोकामना पूरा गर्ने सप्तरीको धार्मिक शक्तिपीठ छिन्नमस्ता

ओखलढुङ्गाको सुन्दर रमणीय पर्यटकीय गन्तब्य थोलेदम्बा डाँडा

देउताहरूले सभा गर्ने संखुवासभाको धार्मिक तथा पर्यटकीय स्थल सभापोखरी

१ दर्जन भन्दा बढी हिमालहरू देखिने भोजपुरको सुन्दर पर्यटकीय गन्तव्य ट्याम्के डाँडा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !