२६ जेष्ठ २०८३, मंगलबार

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्री गुरुङको निर्णय


सुधन गुरुङ

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले नारायणहिटी दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने निर्णय गरेका छन् । मन्त्रालयमा आज मंगलबार साँझ पदभार ग्रहण गर्दै उनले पहिलो चार निर्णयमा २०५८ सालमा भएको दरबार हत्या काण्डको अनुसन्धान गर्ने बताएका हुन् ।

२०५८ जेठ १९ मा भएको दरबार हत्याकाण्डबारे हालसम्म प्राप्त प्रतिवेदनहरु अध्ययन गरेर थप अनुसन्धान प्रक्रिया अघि बढाउने निर्णय गरिएको गृहमन्त्री गुरुङले जानकारी गराए।

गृहमन्त्री गुरुङले भने,‘वि.सं. २०५८ जेठ १९ गते भएको नारायहिटी राजदरबार हत्याकाण्डका सम्बन्धमा यसअघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढाउने।’

२०५८ जेठ १९ गते नारायणहिटी दरबारमा आयोजित जमघटमा गोलीचल्दा तात्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारीहरू श्रुति, शारदा र शान्ति र शाहज्यादी जयन्ती, राजा वीरेन्द्रका भाई धीरेन्द्र र कुमार खड्गविक्रमको मृत्यु भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !