२८ जेष्ठ २०८३, बिहिबार

महावीरका दुई निर्णय– नवप्रवर्तन विधेयक बनाउने, दरबन्दी एकिन गर्न ओएण्डएम सर्भे गर्ने


महावीर पुन

काठमाडौं । विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले दुई निर्णय गरेको जानकारी दिएका छन् । सामाजिक संजाल फेसबुकमार्फत पुनले आज बिहान पोष्ट गर्दै उनले मन्त्री भएको पहिलो दिन हिजो दुईवटा निर्णय गरिएको जानकारी दिएका हुन् ।

उनले विज्ञान प्रविधि तथा नवप्रवर्तन नयाँ मन्त्रालय भएकाले सबैभन्दा पहिले ‘विज्ञान प्रविधि तथा नवप्रवर्तन ऐन’ ल्याउन विधेयक बनाउने र मन्त्रालय संचालनका लागि आवश्यक दरबन्दी एकिन गर्न ओएण्डएम सर्भे पनि गर्ने निर्णय गरिएको जानकारी दिएका हुन् ।

उनले लेखेका छन् – ‘पहिलो दिन चालेको कदमहरु – विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा सबै कुरा शुन्य बाट सुरु हुँदैछ । यो मन्त्रालय चलाउन अरु अरु मन्त्रालय जस्तो सबै कुरा तयारी अवस्थाका छैन। सर्व प्रथम विज्ञान प्रविधि तथा नवप्रवर्तन ऐन ल्याउन विधेयक बनाउने निर्णय गरियो । अनि यो मन्त्रालय सुचारु रुपमा चलाउन कति कर्मचारी राख्ने, दरबन्दी कति चाहिने र काम कसरी छिटो र प्रभावकारी बनाउने भनेर सर्भेक्षण (O and M) गर्ने निर्णय गरियो। विभिन्न मन्त्रालय अन्तरगत छरिएर भैरहेका अनुसन्धान तथा नवप्रवर्तनलाई कसरी प्रभावकारी रुपमा अगाडि बढाउने भन्ने कुरामा गहन छलफल तुरुन्त सुरु गर्ने निर्णय गरियो। हेर्दै जानु होला ।’

सरकारले साविकको ‘शिक्षा विज्ञान तथा प्रविधि’ मन्त्रालयबाट विज्ञान प्रविधि निकालेर ‘विज्ञान प्रविधि तथा नवप्रवर्तन’ मन्त्रालय गठन गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !