११ बैशाख २०८१, मंगलबार

दक्षिण एसिया र नेपाल कै दोस्रो अग्लो झरना ह्यातुङ


ह्यातुङ झरना

पृष्ठभूमि : तेह्रथुम जिल्लाको ह्यातुङ झरना दक्षिण एसिया र नेपाल कै दोस्रो अग्लो झरना हो । यो झरना विश्वकै सबैभन्दा अग्ला ३० झरनाहरूमा पर्दछ । कालिकोटको पचाल झरना नेपालकै सबैभन्दा अग्लो झरना भएको पुष्टी भएको छ । २०७४ साउन पचाल झरना गाउँपालिकाको पहलमा लिइएको नापवाट उक्त कुराको पुष्टी भएको हो । नेपालको मात्र नभएर यो झरना एसिया कै सबैभन्दा अग्लो भएको दाबी समेत गरिएको छ । पचाल झरनाको वास्तबिक उचाई ३८१ मिटर रहेको छ । यसअघि नेपालको सबैभन्दा अग्लो मानिएको तेह्रथुमको हृयातुङ झरनाको उचाई ३६५ मिटर मात्र छ । तर, हृयातुङ भन्दा पचाल झरनाको उचाई १६ मिटर बढी अग्लो पाइएको हो ।

परिचय

तेह्रथुम जिल्लाको फेदाप गाउँपालिकामा अवस्थित ३६५ मिटर अग्लो ह्यातुङ झरना दक्षिण एसिया र नेपाल कै दोस्रो अग्लो झरना हो । यो झरना विश्वकै सबैभन्दा अग्ला ३० झरनाहरूमा पर्दछ । तेह्रथुम सदरमुकाम म्याङ्लुङ र आठराई संक्रान्ती बजार प्रवेश गर्ने जो कोहीलाई पनि यो झरनाले आकर्षित गरेको छ । झरनामा तेह्रथुम, पाँचथर, ताप्लेजुङ, धनकुटा, झापा लगायत ठाउँबाट मनोरञ्जनका लागि आन्तरिक पर्यटक आउने गर्दछन् । झरनाबाट झरेको पानीको छाँगामा रुज्न, खेल्न र हेर्न विभिन्न जिल्लाबाट दैनिक आन्तरिक पर्यटक आउने गरेका छन् ।

अहिले आन्तरिक पर्यटकको गन्तव्य स्थल बनेको छ । वर्षातको समयमा झरनामा पानीको मात्रा बढेपछि स्थानीय पर्यटकलाई यसले थप आकर्षण गरेको हो । जिल्लाको फेदाप गाउँपालिकामा रहेको झरनाको प्राकृतिक वातावरणमा रमाउनेको भीड बढ्न थालेको छ । प्राकृतिक झरनाले पर्यटकलाई आकर्षण गरेपनि झरना वरिपरि पर्यटकीय पूर्वाधार र संरचना निर्माण तथा पर्याप्त प्रवद्र्धनमा सम्बन्धित निकायले चासो दिएको छैन । ग्रामीण सडकको स्तरोन्नति नहुँदा झरनासम्म पुग्न आठराई र फेदाप गाउँपालिकाबाट पदैल यात्रा गर्नुपर्छ ।

प्राकृतिक सौन्दर्य

प्राकृतिक रुपमा बनेको यो झरनाको वीच प्रत्येक दिन जसो सप्तरंगी इन्द्रेणीको दृश्य देखिन्छ । मौषम सफा रहेको र पारिलो घाम लागेको समयमा अग्लो स्थानबाट झरेको झरनामा लागेको इन्द्रेणीको दृष्य अझ मनोरम देखिने गरेको छ । झरनाको यही विशेषताका कारण अहिलेपनि वर्षे्नि सयौँको संख्यामा पैदलयात्रीहरु अवलोकनकालागि आउने गरेका छन् ।

पर्यटन प्रर्वद्धन

संरक्षण र प्रचार–प्रसारमा चासो नदिइँदा झरना ओझेलमा रहेको छ । बर्षेनी लाखौँ रुपैयाँ झरनाको विकास र पर्यटन प्रवद्र्धनमा खर्चिएपनि अवस्था जस्ताको त्यस्तै रहेको छ । सरकारी स्तरबाट तत्काल बजेट छुट्याएर काम थालिनु पर्नेमा स्थानीय बासिन्दाले आवाज उठाउदै आएका छन् । तर झरनाको विकास र प्रचार–प्रसारमा स्थानीय बासिन्दाले समेत उति धेरै चासो नदिइएको पाइन्छ ।

पर्यटकिय सम्भावना

छोटो समयमा तेह्रथुमका पर्यटकीय गन्तव्य पुग्न नसक्ने भएपनि झरनामा पुगेर पर्यटक आनन्द लिने गर्दछन् । उक्त झरनाको पूर्वाधार विकास, प्रचार र प्रवद्र्धन गर्नसके थप पर्यटक भित्र्याउन सकिने स्थानीय बताउँछन् ।

समस्याहरु

झरनासम्म पुग्न अहिलेसम्म राम्रो सडक सुविधा छैन । तर यो सडक खण्डको खोरुंगा खोलामा पुल नहुँदा वर्षाका अधिकांश महिना अवरुद्ध हुने गरेको छ ।

कसरी पुग्ने ?

सदरमुकामबाट म्याङलुङ-सक्रान्ति सडक भएर झरनाको शिरसम्म पुग्न सकिन्छ । त्यसपछि करिव १ घण्टा पैदल हिँड्नुपर्छ । यस्तै पाँचथरको फिदिमबाट तेह्रथुम जिल्लाको पुर्वी सक्रान्ति बजार हुँदै मध्यपहाडी लोकमार्ग भएर ईसिबुसम्म पुग्न सकिन्छ । त्यहाँबाट पनि करीव १ घण्टाको पैदलपछि झरनासम्म पुग्न सकिन्छ । तर सो सडक पनि निर्माणाधीन भएकाले भरपर्दो भने छैन । झरनासम्म पुग्न यातायात सुविधा भरपर्दो नहुँदा सदरमुकाम र पुर्वी सक्रान्ति बजारबाट करीव १ दिन पैदल हिँड्नुपर्ने हुन्छ ।

यो पनि पढ्नुहोस् 

सोलुखुम्बुको लुकेको हिरा पिके डाँडा

गुराँसको राजधानी तीनजुरे-मिल्के-जलजले

सोलुखुम्बुको सुन्दर पर्यटकीय गन्तव्य पत्ताले

खोटाङको सुन्दर पर्यटकीय गन्तब्य बराह पोखरी

सोलुखुम्बुको सुन्दर पर्यटकीय गन्तब्य पाँच पोखरी

उदयपुरको ऐतिहासिक पर्यटकीय गन्तब्य उदयपुरगढी

देउताहरूले सभा गर्ने संखुवासभाको धार्मिक तथा पर्यटकीय स्थल सभापोखरी

१ दर्जन भन्दा बढी हिमालहरू देखिने भोजपुरको सुन्दर पर्यटकीय गन्तव्य ट्याम्के डाँडा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !