१२ बैशाख २०८१, बुधबार

घुम्न जानैपर्ने काभ्रेको सुन्दर ठाउँ तिमाल (फोटो फिचर)


तिमाल

तिमाल क्षेत्र काभ्रेपलाञ्चोक जिल्लाको झिगु खोला, सुनकोसी र रोसी खोलाको मध्यपहाडी एवं बेंसी भागमा पर्छ जसलाई तामाङहरूले आफ्नो उद्गम थलोका रूपमा स्विकार्दै आएका छन् । झण्डै नेपालको नक्सासँग मेल खाने तिमाल क्षेत्रको हावापानी समेत फरक-फरक रहेको छ । तिमाल गाउँपालिकामा अवस्थित १७१४ मिटर उचाइमा रहेको कोट तिमालमा तमाङको मुख्य बसोबास छ ।

नेपाल एकीकरणको समयमा पृथ्वीनारायण शाहले कोट तिमालको नाम राखेको स्थानीय बताउँछन् । तिमालबाट आधा दर्जनभन्दा बढी हिमालको दृष्यावलोकन गर्न पाइन्छ । यहाँबाट गणेश, लाङटाङ र गौरीशंकर हिमालको रेन्ज हेर्न पाइन्छ । अत्यन्तै महँगोमा बिक्री हुने बुद्धचित्त कोट तिमालका लागि आम्दानीको मुख्य स्रोत बनेको छ । पछिल्लो समय बुद्धचित्तको बोट हेर्न र खरिद गर्न पनि पर्यटक जाने गरेका छन् । बुद्धिस्टले अत्यन्तै महत्व दिने भएकाले बुद्धचित्तको माग बढ्दो छ ।

आठौँ शताब्दीतिर गुरू रिम्पोछे (पद्मसम्भव) को तपस्या स्थल र पृथ्वीनारायण शाह र तामाङ राजा रेञ्जेन दोर्जे बीचको सम्बन्ध र कालान्तरमा रेञ्जेनको हत्या प्रकरणका कारण तिमाल ऐतिहासिक भूमिको रुपमा पनि परिचित छ । ऐतिहासिक एवं प्राकृतिक सुन्दरताले भरिपूर्ण शान्त ठाउँको काखमा गुरू रेम्पोर्छे (पद्मसंभव) ले तपस्या गरेको ठाउँलाई हाल गेलुङ ओडार (गेलुङ ऊ), अन्य ऐतिहासिक धार्मिक स्थलहरू, भगवानहरूले तपस्या गरेका ओडारहरू, गुफा, गुम्बा, छ्योर्तेन, ककलिङ (काङड्हीने) र नाराणस्थान मन्दिर, दुम्जाको महादेवस्थान लगायत विभिन्न मठमन्दिरहरू यहाँको प्रख्यात धार्मिक एवं ऐतिहासिक स्थलहरू हुन् ।

काठमाण्डौदेखि करिब ७३ किलोमिटर पूर्व उत्तरतर्फको दूरी छिचोलेपछि तपाई काभ्रेपलाञ्चोकको तिमाल पुग्न सकिन्छ ।बाटोमा नेवार, तामाङ तथा ब्राह्मणको संस्कृति झल्किने बस्ती हेर्न पाइन्छ । भकुन्डेबेंसी पुगेर केहीबेर आराम गरी बिहानको खाना खाएर अगाडि बढ्दा उपयुक्त हुन्छ । भकुन्डेबेंसीबाट झन्डै ३ घन्टाको पदयात्रापछि कोट तिमालमा पुगिन्छ।

थप जानकारीको लागि भिडियो हेर्नुहोला

घुमघाम गरौ आन्तरिक पर्यटन प्रवर्द्धन गरौ ! नेपाल भ्रमण बर्ष २०२० सफल पारौ !

यो पनि पढ्नुहोस्

घुम्न जाने होइन सुन्दर ठाउँ बल्थली (फोटो फिचर)

नेपालको ताजमहल पाल्पाको रानीमहलको सुन्दरता (फोटो फिचर)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !