६ बैशाख २०८१, बिहिबार

घुम्न जाने होइन सुन्दर ठाउँ बल्थली (फोटो फिचर)


बल्थली

बल्थली राजधानीको कोलाहलबाट आजित भएकाहरुलाई प्रकृतिसँग रम्नका लागि उत्कृष्ट गन्तब्य हो । बल्थली काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका-११ मा पर्छ । काठमाडौंबाट ३९ किलोमिटर दक्षिण पूर्वमा प्राकृतिक एवं सांस्कृतिक रुपले काभ्रेको महत्वपूर्ण सुन्दर गाउँ बल्थली हो । ट्रेकिङ्ग र हाइकिङको लागि उपयुक्त गन्तब्य बल्थली पनौतीबाट ७ किलोमिटरको दुरीमा पर्छ । डाँडै डाँडाले घेरिएको र बीचमा समथर जमिन रहेको छ ।

प्राकृतिक, सांस्कृतिक तथा धार्मिक रुपमा आकर्षत गर्ने धेरै धार्मिक स्थल बल्थलीमा रहेका छन् । विश्वको सबै भन्दा ठुलो त्रिशुल, लडर्केश्वर महादेव, कमलादेविको मन्दिर यहाँको प्रमुख आकर्षणको केन्द्र विन्दु हो भने नमोवुद्घ पनि नजिकै रहेको छ । भौगोलिक बनावट र प्राकृतिक सुन्दरताको अद्घितिय रुपले उक्त क्षेत्र भरिपूर्ण छ ।

बिहानी धामको झुल्कासँगै यहाँबाट हिमालहरु सहजै देख्न सकिन्छ । पनौती, खोपासी चलाल गणेसस्थान लगायत फाँटहरुको दृश्यले पर्यटकहरु लोभिने गरेका छन् । मौसमको अनुकुलताका आधारमा बल्थलीबाट लाङटाङ, गणेश, जुगल, फुर्बीघ्याचु, दोर्जेलाक्पा, गौरीशंकर, नुम्बुर, रोल्वालिंगदेखि विश्वको सर्वोच्च शिखर सगरमाथा लगायतका हिमशृंखला प्रष्ट रुपमा देख्न सकिन्छ ।

राजधानी काठमाडौंबाट बनेपा पनौती हुँदै खोपासीसम्म बसबाट अथवा निजी सवारीबाट यात्रा गर्नुपर्ने हुन्छ । काठमाडौंबाट ३९ किलोमिटरको दुरीमा रहेको बल्थली पुग्न खोपासीबाट भने कच्ची सडकमा जानुपर्छ ।

बल्थली

घुमघाम गरौ आन्तरिक पर्यटन प्रवर्द्धन गरौ ! नेपाल भ्रमण बर्ष २०२० सफल पारौ !

यो पनि पढ्नुहोस्

नेपालको ताजमहल पाल्पाको रानीमहलको सुन्दरता (फोटो फिचर)

शान्तिको पवित्र धार्मिक बुद्धको जन्मस्थल लुम्बिनी (फोटो फिचर)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !