, नेपालको ताजमहल पाल्पा जिल्लाको रानीमहलको सुन्दरता (फोटो फिचर)

नेपालको ताजमहल पाल्पाको रानीमहलको सुन्दरता (फोटो फिचर)

रानी महल खड्ग शमशेर र रानी तेजकुमारीको प्रेमको प्रतीक हो

नेपालकोताजमहल’ भनेर चिनिने रानीमहल दरबारलाई प्रेमको प्रतीकका रुपमा लिइन्छ । यसलाई भारतको ताजमहलसँग तुलना गरिन्छ । पाल्पा जिल्लाको तानसेनदेखि करिब १३ किलोमिटर उत्तर कालीगण्डकी नदीको किनारमा अवस्थित उत्तरी मुख फर्काएर बनाइएको ऐतिहासिक दरवारमा आकर्षक कलाकृति देख्न सकिन्छ । नदी प्राय: उत्तरवाट दक्षिणतर्फ बग्ने गर्छ । रानी महल छेउमा कालीगण्डकी दक्षिणवाट उत्तरतर्फ बगेको छ ।

पाल्पा गौंडाका तैनाथवाला जनरल खड्गशमशेरले आफ्नी दिवंगत रानी तेजकुमारीको सम्झनामा विसं १९४९ मा शुरु गरी १९५४ सालमा रानीमहल निर्माण गरी सकेका थिए । रानी महल खड्ग शमशेर र रानी तेजकुमारीको प्रेमको प्रतीक हो । रानीको मायामा भावविह्वल भएर निर्माण गरिएको रानीमहललाई खड्ग शमशेर र रानी तेजकुमारीको मायाको प्रतीकका रुपमा हेर्ने गरिन्छ ।

प्रेम दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’ (१४ फ्रेब्रुअरी) का दिन रानीमहलमा युगल जोडीको भीड लाग्ने गर्छ । रानी दरबार प्रेम दिवसको अवसरमा नेपालका धेरै जिल्लाका युवायुवतीहरु आफ्नो प्रेमलाई थप सफलताको शिखरमा पुर्याउन सकियोस् भन्ने उद्देश्यले रानी महललाई साक्षी राख्न पुग्ने गर्दछन् । रानी दरबारको भित्तामा आफ्नो नाम लेखियो भने आफ्नो प्रेम अमर रहन्छ भन्ने विश्वास गर्दछन ।

यो महल युयानी शैलीमा बेलायती इन्जिनियरको डिजाइनमा बनाइएको हो । यस महलको पूर्वतिर खड्ग शमशेरको पूजा गर्ने कोठा, माथिल्लो तलामा बैठक कोठा र मध्य तलामा खड्ग शमशेरका कोठाहरू रहेका छन् । त्यस्तै वरिपरि रहेको बगैंचा र रानी पोखरीले महल आकर्षक देखाएको छ। दरबारको मूल ढोकाबाट कुँदिएको ढुङ्गा र इँट्टाबाट बनाइएका खुड्किलो तल सिधा कालीगण्डकी नदी कुण्डमा जोडिएको छ । प्रसिद्ध मुक्तिनाथ तिर्थ जाने मुख्यद्वार भएकाले तिर्थालुहरूलाई बस्ने सुविधा सहितका पौवा समेत निर्माण गरिएको थियो ।

रानी महल

रानी महल पाल्पा

घुमघाम गरौ आन्तरिक पर्यटन प्रवर्द्धन गरौ ! नेपाल भ्रमण बर्ष २०२० सफल पारौ !

यो पनि पढ्नुहोस्

शान्तिको पवित्र धार्मिक बुद्धको जन्मस्थल लुम्बिनी (फोटो फिचर)

ऐतिहासिक लमजुङ जिल्लाको सदरमुकाम बेसीशहर (फोटो फिचर)