७ बैशाख २०८१, शुक्रबार

नेपालकै सबैभन्दा अग्लो कालीकोटको पर्यटकीय गन्तव्य पचाल झरना

एसियाकै दोश्रो र नेपालको सवैभन्दा अग्लो झरना पचाल


पचाल झरना

पृष्ठभूमि : कालीकोट जिल्लाको पचाल झरना नेपालकै सबैभन्दा अग्लो झरना भएको पुष्टि भएको छ । नेपालको मात्र नभएर यो झरना एसियाकै दोश्रो अग्लो मानिन्छ । वास्तबिक उचाई पत्ता लागेसँगै यो झरना विश्वकै ३० अग्ला झरनाहरुमा परेको छ ।

परिचय

पचाल झरना कालीकोट जिल्लाको पचाल झरना गाँउपालिकामा अवस्थित छ । जिल्लाको सदरमुकाम मान्मादेखि १८ कोस उत्तर-पूर्वमा रहेको यो झरना ३८१ मिटर अग्लो झरना छ । कालीकोटको पचाल झरना नेपालकै अग्लो मानिएको अर्को ह्यातुङ झरना भन्दा करिब १६ मिटर अग्लो भएको जिल्ला प्राविधिक कार्यालयले प्रमाणित गरेको पनि छ । घना जंगलको बीचमा पर्ने पचाल झरना कर्णाली प्रदेशको चर्चित धार्मिकस्थल पुग्न मालिकाबाट बग्ने पानीका मूल एकै ठाउँमा मिसिएपछि बनेको छ ।

यो झरना अहिले आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । यसअघि नेपालको सबै भन्दा अग्लो झरनाको रुपमा तेह्रथुमको ह्यातुङ झरना स्थापित थियो । अहिले सरकारले नै नेपालको सबै भन्दा अग्लो झरनाको रुपमा कालिकोटको पचाल झरनालाई मान्यता दिएको छ । स्थानियहरूका अनुसार यो झर्नाको वीचमा ठुला ठुला गुफाहरू पनि छन् र सशस्त्र द्धन्द्धको समयमा माओवादीहरूले यिनै गुफाहरूमा हातहतियारको गोदाम समेत बनाउने गरेका थिए ।

ऐतिहासिक तथा पौराणिक मान्यताहरु

सुरुमा यो झरनालाई छहराको रुपमा स्थानिय चिन्दथे भने यो झरनाभित्र भुतहरुको बास स्थान भएकोले यहाँका स्थानिय यसलाई पहिले-पहिले भुतिनी छहराको रुपमा नामाकरण गर्ने गर्दथे । जुन समयमा स्थानियले यो झरनालाई भुतहरुको बास स्थान भएको बिश्वास गर्ने गर्दथे । त्यो समयमा त्यहाँका स्थानियलाई यो झरना पनि एक प्राकृतिक सम्पदाको रुपमा स्थापित हुन्छ भन्ने थाहा नै थिएन ।
प्राकृतिक सौन्दर्य

जंगलको बीचबाट निस्केको पानीको छहराको दृश्य मनमोहक देखिन्छ । पचाल झर्नाबाट खसेको पानी करीब १० किलोमिटर ओरोलो बगेर कणर्ाली नदीमा मिसिएको छ । प्राकृतिक मनोरम सौँदर्यतताले भरिपुणर् यो झर्ना अवलोकन भ्रमणका लागि निकै आकर्षक देखिन्छ । खासगरी झरना, हिमाल, कडाचट्टानी पहाड लेकाली मैदान फाट, लेकभरी हिमाली जडीबुडी बन्यजन्तु यहाका मुख्य पहिचान रहेकाछन ।

पर्यटकीय महत्व

यो ऐतिहासीक झर्नाको संरक्षण, विकास र प्रवद्र्धन गर्न सकिए कालिकोट जिल्लाकै पर्यटकहरूको लागि मूख्य आकर्षक गन्तव्य बन्ने निश्चित छ ।

पर्यटकीय सम्भावना

पचाल झरना नेपालको सबै भन्दा अग्लो पचाल झरनामा स्थानिय सरकारको गठन पछि आन्तरिक पर्यटकहरु आउन थालेको जानकारीमा छ । बाटोका बिकासका साथै झरनाको बेस क्याममा होमस्टेको तयारी हुँदै गरेकोले पर्यटकीय सम्भावना बलियो छ ।

समस्याहरु

पचाल झरना पर्यटकीय विकास नहुदा ओझेलमा परेको हो ।

कसरी पुग्ने ?

कालीकोट जिल्लाको सदरमुकाम मान्मादेखि १८ कोस उत्तर-पूर्वको यात्रापछि पचाल झरना गाँउपालिकाको पचाल झरना पुगिन्छ ।

पचाल झरना

यो पनि पढ्नुहोस्

जुम्लाका बौद्धमार्गीहरूको आस्थाको केन्द्र डुडुल चैत्य

सतीदेवीको कण्डयाउलो पतन र दश महाविद्या समेत उत्पत्ति भएको डोल्पाको शक्तिपीठ त्रिपुरासुन्दरी

जाजरकोटको उत्कृष्ट ऐतिहासिक पर्यटकीय स्थल खलंगा दरबार

दैलेखको पवित्र तीर्थस्थल पञ्चकोशी ज्वाला क्षेत्र


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !