१४ बैशाख २०८१, शुक्रबार

भगवान् बुद्धको पवित्र अस्थिधातु रहेको ऐतिहासिक धार्मिक स्थल रामग्राम

चिनियाँ यात्री फाइयान र हुयेन साङले पनि आफ्नो यात्रा वृतान्तमा प्रशस्त वर्णन गरेको पवित्र रामग्राम


रामग्राम

पृष्ठभूमि : भगवान् गौतम बुद्धको पवित्र अस्थिधातु रहेको प्राचीन रामग्राम स्तुपका नाममा नगरपालिकाको नामाकरण रामग्राम नगरपालिका गरिएको हो ।

परिचय

नवलपरासीको रामग्राम स्तुप ऐतिहासिक पुरातात्विक तथा धार्मिक स्थल हो । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी एक ऐतिहासिक स्थल भएपनि बुद्धत्व प्राप्ती पछि उनी बुद्ध भएको र बुद्धको भौतिक अस्तु रहेको एक मात्र रामग्राम स्तुप हो । कोलीय गणराज्यको रूपमा रामग्राम स्तुप रहेको र यसको राजधानी नवलपरासीको पण्डीतपुरमा परेको छ ।

उत्खनन् गरी प्रचीनता पुष्टि भएपछि प्रचार हुँदै आएको रूपन्देहीको देवदह नभई नवलपरासीको पण्डीतपुर कोलीय गणराज्यको राजधानी भएको भूगर्भ्विद्ले पुष्टि गरिसकेका छन् । हाल रामग्राम नगरपालिका उजैनीमा यो स्थल पर्छ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका उजैनीस्थित भगवान गौतम बुद्धको विश्वमा एक मात्र ठाउँमा सुरक्षित रहेको अस्तीधातु रामग्राम स्तुप हो ।

धार्मिक तथा सांस्कृतिक महत्व

धार्मिक, पुरातात्विक एवं एतिहासिक दृष्टिकोणले महत्वपूर्ण यस स्थलमा विगत धेरै वर्षदेखि विदेशी तथा नेपाली बौद्ध धर्मावलम्बी निमितम् पूजा गर्न, धूप दीप बाल्न, बाजा बजाउने, भजन गाउने गर्ने गरेका छन् ।

ऐतिहासिक तथा पौराणिक मान्यताहरु

बौद्ध ग्रन्थ अनुसार बुद्धको महापरिनिर्वाण (इ.पू. ४८३) पछि अस्तु कसले लैजाने भन्ने विषयमा विवाद भएपछि बुद्धको अस्थिधातुलाई आठ भाग लगाइएको थियो । बुद्धको अस्तु मगध, वैशाली, कपिलवस्तु, अल्लकप्प, वैप्दीप, पावा, कुशीनगर र रामग्रामलाई दिइएको थियो ।

सोही अस्थिधातु निदान गरी आ-आफ्नो ठाउँमा स्तूपको निर्माण भएको थियो । तर यसरी अस्थिहरू विभिन्न ठाउँमा छरिएर रहँदा संरक्षण नहुने ठानी त्यस वेलाका प्रभावशाली भिक्षु महाकश्यप महास्थविरको पहलमा राजा अजातशत्रुको समयमा ती स्तूपमा केही बाँकी राखी मगध साम्राज्यको राजधानी राजगिरमा ल्याइएको उल्लेख महावंश (श्रीलंकाली वंशावली) मा छ ।

८४ हजार स्तूप बनाउने अभियानका क्रममा सम्राट अशोक (तेस्रो शताब्दी इसापूर्व) भिक्षु महाकश्यपले बाँकी छाडेका अस्थिधातुहरू संकलन गर्न हिंडेका थिए । तर रामग्राम स्तूपको संरक्षण गरेर बसिरहेका नागहरूले अस्थिधातु झिक्न नदिएको प्रसङ्ग पनि सोही वंशावलीमा उल्लेख पाइन्छ । यसलाई त्यस वेला रामग्राम रहेको भूभाग मौर्य साम्राज्य अन्तर्गत नरहेको भनी अर्थ्याउन सकिन्छ । त्यसै सम्राट अशोकले सबै राज्यको अस्तु संकलन गरे हात्तीले संरक्षण गरेर राखेकाले रामग्रामको लिन सकेन ।

तत्कालीन राजा गौतम बुद्धका ससुरा दण्डपाणीले बुद्धको परिनिर्वाणपछि अस्तिुधातु ल्याई स्तुपमा राखी यो स्तुप निमार्ण गरेको भनाइ पनि उल्लेख भएको पाइन्छ । सम्राट अशोकले सबै अस्थिधातु एकत्रगरी राख्ने योजना बनाएको भन्ने भनाइ पनि पाइन्छ । यस रामग्रामका विषयमा चिनियाँ यात्री फाइयान र हुयेन साङले पनि आफ्नो यात्रा वृतान्तमा प्रशस्त वर्णन गरेको जानकारहरूले बताएका छन् ।

प्राकृतिक सौन्दर्य

झरही खोलाको किनारमा समतल मैदानमा देखिने हरियो थुम्को आकर्षक छ ।

पर्यटकीय सम्भावना

रामग्रामको संरक्षण र विकास गर्नसकेमा लुम्बिनी जस्तै रामग्राम पनि एउटा अन्तर्र्रािष्ट्रय महत्वको बौद्ध तीर्थस्थल बन्ने विश्वास गरिएको छ ।

पर्यटन प्रर्वद्धन

नेपालको ऐतिहासिक एवं पुरातात्विक धार्मिक स्थल रामग्राम स्तपुको छेउछाउमा पर्यटकिय स्थल निर्माणका लागि चाईनाको एक टोलीले सो स्थलको सर्वे गरेको छ । रामग्राम स्तुपको वरपर पर्यटकिय स्थल निर्माण गरि स्तपुको सोभा बढाउन, स्तुपको विकासमा चाँसो देखाउदै चिनको बेईजिङ्ग स्थित चाईना नेपाल कल्चरल ईक्सचेन्ज केन्द्रको विशेषयज्ञ टोलीले सो ठाउँको सर्वे गरेको हो । सो टोलीले रामग्राम स्तुप वरपरका क्षेत्रको सर्वे गरी आफनो वृहद लगानीमा नमुना पर्र्यिकय स्थल निर्माण गर्ने ईच्छा जाहेर गरेको छ ।

कसरी पुग्ने ?

सदरमुकाम परासीदेखि दक्षिण महेशपुर सडक ३ कि.मी. पार गरेर उजैनी गाउँबाट १५ मिनेट पूर्वतर्फ हिँडेपछि झरही खोलाको किनारमा समतल मैदानमा रामग्राम स्तुप रहेको थुम्को देखिन्छ ।

रामग्राम

यो पनि पढ्नुहोस्

शान्तिको पवित्र धार्मिक बुद्धको जन्मस्थल लुम्बिनी

गौतम बुद्धको मावलीघर रुपन्देहीको ऐतिहासिक तथा पर्यटकीय क्षेत्र देवदह

द्वापर युुगमा ऋषीमुुनीहरुले विहार गरेको दाङको बगरबाबा धार्मिक पर्यटकीय स्थल

हिन्दू, शिख र मुस्लिमको आस्थाको धरोहर बाँकेको कम्मर शाह बाबा मजार धार्मिक पर्यटकीय क्षेत्र

संस्कृत भाषाको व्याकरणको उत्पत्ति र रचना भएको अर्घाखाँचीको पाँणिनी तपोभूमि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु