९ मंसिर २०८१, आइतबार

पोखरा, माछापुच्छ्रे र अन्नपूर्णको दृश्यावलोकन स्थल कास्कीको काहुँ धरहरा


काहुँ धरहरा

पृष्ठभूमि : नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले पहिचान गरेका १०० वटा नयाँ पर्यटकीय गन्तब्यहरुमा कास्की जिल्लाको काहुँ धरहरा पर्यटकीय क्षेत्रलाई छनोट गरेको छ । सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने गरी २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्यको जिम्मा काहुँ धरहरा पर्यटकीय क्षेत्रलाई पनि दिइएको छ ।

परिचय

कास्की जिल्ला पोखरा महानगरपालिका-२१ मा पर्ने काहुँ धरहरावाट पोखरा शहर र यहाँस्थित फेवाताल सहित सेताम्य टल्कने हिमालको एक साथ अवलोकन गर्न सकिन्छ । ऐतिहासिक धरहरालाई संरक्षण गर्दै आधुनिक धरहरा बनाइने भएको छ । ऐतिहासिक काहुँडाँडाको विशेषता नै सहरको नजिकबाट लालीगुराँससँगै माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खलाका सुन्दर दृश्य देखिनु हो ।

इतिहास

काहुँडाँडामा प्राचीन समयमा काउना खेती गरिने हुँदा काउनोबाट काहुँ हुँदै अपभ्रंश भएर काहुँडाँडा रहन गएको क्षेत्रीको भनाइ छ । समुद्री सतहदेखि एक हजार ४४४ मिटरको उचाइमा रहेको काहुँडाँडामा तत्कालीन अञ्चलाधीश नन्दबहादुर मल्ल र यस क्षेत्रका सामाजिक अभियानकर्मीका रूपमा परिचित स्व. मेजर वीरसिंह गुरुङको सक्रियतामा निर्माण भएको काहुँ धरहराले पनि आन्तरिक पर्यटकलाई आकर्षित गरेको छ । विशेषगरी मङ्सिर, पुस, माघ र फागुन महिना काहुँडाँडा घुम्न र वनभोज खाने आउनेको भीड हुने गर्दछ ।

ऐतिहासिक तथा पौराणिक मान्यताहरु

बाइसे चौविसे राज्य कालमा घले राजाको राज्य रहेको काहुँकोटमा कोट देउराली मन्दिर रहेको र प्रत्येक चैते दशैँमा परापूर्वकालदेखि बोका र राँगाको बलि दिनाका साथै नवरात्रि पाठपूजा गरिनेछ । उक्त स्थानमा धर्मकाया बुद्ध मण्डला समेत निर्माण गरिने भएको छ ।

ऐतिहासिक, धार्मिक, एवम् पर्यटकीय महत्व बोकेको सो प्राकृतिक सौन्दर्यले भरिपूर्ण उक्त स्थलका बारेमा प्रचार प्रसार गरी पोखराको थप पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सके पर्यटकको एक दिनको बसाइ लम्ब्याउनाका साथ स्थानीय बासिन्दासमेत लाभान्वित हुने यस क्षेत्रसँग सम्बन्धित विज्ञको धारणा रहेको छ ।

प्राकृतिक सौन्दर्य

पर्यटकीय नगरीका रूपमा ख्याति कमाएको पोखराका समान उचाइका उस्तै दृश्य देखिने सराङकोट, विश्वशान्ति स्तुप जस्ता स्थानमा पर्यटकको ओइरो लाग्ने गरे पनि रमणीय स्थल काहुँ धरहरा अझै पनि पर्यटकको पर्खाइमा रहेको छ । समुद्री सतहबाट १४४३ मिटरको उचाइमा रहेको काउँकोटमा अवस्थित धरहराबाट अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरि लगायतका हिमशृंखलाका साथै सूर्योेदय र सूर्यास्तको मनमोहक दृश्य हेर्न सकिन्छ ।

पाँच तल्ले धरहरा निर्माण गरेर दृश्यावलोकनका लागि दुई वटा दूरदर्शक यन्त्र राखेर आन्तरिक एवम् बाह्य पर्यटकको आकर्षण बढाउन सके यस क्षेत्रको समग्र विकासका साथै थप पर्यटकीय गन्तव्यका रूपमा विस्तार गर्ने सोचका साथ योजना अगाडि बढाइदैछ । धरहराबाट पोखरा महानगरपालिकाभित्रका ३३ वटै वडासहित माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खलाका सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ ।

पर्यटन प्रर्वद्धन

डाँडाको हरियाली, स्वच्छ हावा तथा मनोरम प्राकृतिक सुन्दरताले मानिसलाई मोहित बनाउछ । प्रदेशकै एक उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पूर्वाधार विकाससँगै बृहत् प्रचारप्रसारको खाँचो छ ।

पर्यटकिय सम्भावना

प्राकृतिक सुन्दरतामा रमाउन चाहने जो कोहीका लागि एउटा उत्कृष्ट र आकर्षक गन्तव्य भएको उनको भनाइ छ । पोखरा महानगरपालिका–११ स्थित काहुँडाँडामा गुराँसले ढपक्क ढाकेको रुखमुनि फोटो खिच्नेको भीड देख्न सकिन्छ । पर्यटकीय गन्तव्यको सूचीमा सूचीकृत काहुँडाँडा पछिल्लो समय आन्तरिक पर्यटकका लागि दृश्यावलोकन र वनभोजस्थलका रूपमा आर्कषक गन्तव्य बन्दै गएको छ ।

पोखराको सबैभन्दा नजिक लालीगुँरास फुल्ने यस स्थानमा अवस्थित दुई तल्ले धरहरामा बार्षिक लगभग १० देखि १२ हजार आन्तरिक तथा बाह्य पर्यटकले टिकट काटेर अवलोकन गर्ने गरेका छन् । यहाँ विशेषतः शुक्रबार र शनिबार दिउँसोको समयमा बढी पर्यटक आउने गरेका छन् ।

समस्याहरु

२०२६ सालमा निर्मित काहुँ धरहरा क्षेत्रमा अझै पनि अपेक्षित पर्यटक भित्र्याउन नसकिएको अवस्था छ । धरहरामा आवश्यक भौतिक पूर्वाधार तयार भएर पनि सम्बन्धित निकायको उचित ध्यान पुग्न नसक्दा काहुँ धरहराले पर्यटकीय विकासमा फड्को मार्न सकेको छैन ।

कसरी पुग्ने ?

पोखराको महेन्द्रपुलबाट साढे सात किलोमिटरको दूरीमा रहेको उक्त स्थल पुग्न साढे पाँच मिटरको पक्की बाटोले पनि पर्यटकलाई सहज भएको छ ।

यो पनि पढ्नुहोस्
प्याराग्याइडिङको लागि नेपालकै उत्कृष्ट स्याङ्जाको पर्यटकीय स्थल स्वेरक मैदान
स्याङ्जाको ऐतिहासिक धार्मिक स्थल श्रवणकुमार समाधि क्षेत्र र अन्धाअन्धी दह
एसियाकै सबैभन्दा ठुलो तनहुँको प्रसिद्ध पर्यटकीय गन्तब्य सिद्ध गुफा  


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !