१२ बैशाख २०८१, बुधबार

प्याराग्याइडिङको लागि नेपालकै उत्कृष्ट स्याङ्जाको पर्यटकीय स्थल स्वेरक मैदान


स्वेरक मैदान प्याराग्याइडिङ

पृष्ठभूमि : अत्यन्तै मनोमोहक र पहाडी भू-भाग रहेको स्वरेक मैदानलाई धार्मिक, सांस्कृतिक र मूख्य गरी प्याराग्लाइडिङको रुपमा हेरिने गरिन्छ ।

परिचय

स्याङ्जा जिल्लाको भीरकोट नगरपालिका-५ स्थित स्वरेक मैदान साहसिक मानिने प्याराग्याइडिङको लागि नेपालकै उत्कृष्ट स्थल हो । समुन्द्री सतहबाट १६०० मिटर उचाईमा अबस्थित यस मैदान अहिले पर्यटन क्षेत्रको रुपमा विकास हुँदैछ । स्वरेक मैदानलाई पनि पर्यटन मन्त्रालयले हालसालै सार्वजनिक गरेको पर्यटकीय गन्तब्य अन्तर्गत प्रवद्र्धनात्मक तर्फको सुचीमा सुचीकृत गरेको छ । स्वरेकमा दक्षिण एशियाकै पहिलो प्याराग्लाइडिङ स्कूल स्थापना समेत गरिएको छ ।

इतिहास

नेपाल बाईसे चौबिसे राज्यहरुमा रहेको बेला भिरकोटे राजाहरुले आफ्नो सुरक्षाको लागी हातहतियार राख्न बनाईएको बंकर पनि यसै स्थानमा छ जुन अहिले जिर्णोदार अबस्थामा छ ।

धार्मिक तथा सांस्कृतिक महत्व

स्वरेक मैदानको आसपासमा सामुदायिक विधालय र ऐतिहासिक मान्यता बोकेको धार्मिक स्थल पनि रहेको छ । मैदानको करिब २ कि.मी दुरीमा एउटा अचम्मको ओडार जस्तो प्वाल रहेको छ जसबाट ढुङ्गा फलाम या अन्य धातु छिराउदा करिब ३० सेकेन्ड पछि पानीमा कुनै बस्तु फ्याँकिदा आउने जस्तै आबाज सुन्न सकिन्छ जसबाट सो स्थानमा ताल या कुनै तरल खानी रहेको अनुमान लगाउन सकिन्छ ।

पर्यटकीय महत्व

यस स्थानमा पहिलो पटक अन्तराष्ट्रिय खुल्ला प्याराग्लाईडिङ प्रतियोगिता तथा राष्ट्रिय हवाई खेलाडी छनौट प्रतियोगिता २०७४ सम्पन्न भईसकेकाले नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा सफल बनाउन यो मैदानले पनि ठूलो भूमिका खेल्ने देखिन्छ ।

ऐतिहासिक तथा पौराणिक मान्यताहरु

नेपाल सतीप्रथा भएको समयमा एक महिलाले आफ्नो श्रीमानको सति जाँदै गर्दा स्वरेक मैदानमा पुगेपछि मलामीहरुलाई एउटा पोखरी खनी दिन आग्रह गरेकी र सेतीबेनीमा लाश दाहसंस्कार गरेर फर्कैका मलामीले मैदानमा आएपछि पोखरी खनेको कारणले यसको नाम सती पोखरी रहन गएको किम्बदन्ति छ ।

प्राकृतिक सौन्दर्य

स्वरेक मैदानबाट देखिने पल्लो डाँडाँहरुको मनोरम दृश्यले प्रकृतिले बनाएको पनि यस्तो हुन्छ र भन्ने प्रश्न आउने गर्दछ । अति मेहनत गरेर कुदेर बनाइएको जस्तो देखिने स्वरेक मैदानका आकाशमा देखिने रङगी बिरङगी प्याराग्लाइडिङले स्वर्गीय आन्नद प्राप्त हुने गर्दछ । त्यसमा अझै मैदानबाट देखिने अन्नपुर्ण र माछापुच्छे हिमालले मन नलोभ्याउने सायद कमै हुन्छन । स्वरेक मैदान थुप्प(थुप्प परेका डाँडाहरु, मनमोहक सल्लाघारीको दृश्यावलोकन तथा प्याराग्लाईडीङको रौनकताले हाल अत्यंत चर्चाको शिखर चुम्न सफल भएको छ ।

पर्यटन प्रर्वद्धन

स्याङजाको भिरकोट नगरपालिका(५ पर्यटकीय क्षेत्र स्वरेक मैदानलाई जेसिज भिलेज नामाकरण गरिने भएको छ । अन्तर्रा्ष्टिय प्यारागलाइडिङ वल्र्ड कप गर्न सफल रहेको यस क्षेत्रमा पर्यटकीय दृष्टिकोणले सम्भावना बोकेको संसारकै नमुना स्थल बनाउनको लागि जेसिज भिलेज नामाकरण गर्न लागेको हो ।स्याङ्जाको स्वेरक मैदानमा २०७५ साल कार्तिक महिनामा प्याराग्लाइडिङ एक्युरेसी विश्वकप (पिजिएडब्लुसी) भएको थियो । नेपालमा पहिलो पटक भएको यो प्रतियोगिताले साहसिक मानिने प्याराग्लाइडिङ खेलको प्रवद्र्धनसहित नेपालमा थप साहसिक पर्यटक भित्र्याउन सघाउ पुगेको थियो ।

पर्यटकिय सम्भावना

हवाई साहसिक पर्यटकको सङ्ख्यामा बृद्धि गर्ने, हवाई खेलको सम्भावनालाई विश्वसामु उजागर गर्ने र आँधीखोला भ्यालीको हवाई खेलको सम्भावनालाई विश्वसामु चिनाउन सकिने सम्भावना रहेको छ । प्राकृतिक स्रोत र साधनले भरपुर उत्कृष्ट भएको यस स्वरेक क्षेत्र हाल बिभिन्न स्वदेशी तथा बिदेशी पर्यटकहरुसँगै प्याराग्लाईडिङमा झुमीरहेको छ । सम्बन्धित निकायको पहलकदमी सहयोग मिलेमा बिश्वमै प्रतिष्ठित बन्ने सपना बोकेको पनि छ ।

आकर्षणहरू

कुनै बेलाको सुनसान डाँडो हाल भिडीयो सुटिङ स्पट, पिकनिक स्पट तथा प्याराग्लाईडिङ जस्ता क्रियाकलापले दिनानु दिन रंगीन बन्दै गएको छ भने सोही स्थानमा अवस्थित सति पोखरी, गोलाकार आकारको करिब ७० मिटर गहिरो पुरानो बंकर तथा भवानी थुम देवीको मन्दिर स्वरेक मैदानका थप आकर्षक बिशेषता हुन ।

समस्याहरु

मन लोभ्याउने वाताबरण भएको स्वरेक मैदान जाने बाटो हिउदामा धुलो र वर्खामा हिलो भएर समस्या हुने स्थानियले बताए । केवल स्याङजाबासीका लागी मात्र नभएर सिङ्गो राष्ट्रकै लागी उदाहरणिय बन्ने सम्भावना रहेको यस स्वरेक मैदान क्षेत्रको सुधारका तथा बिकाश निर्माण र स्थानोत्तरका लागी हालसम्म राज्यबाट उल्लेखनिय सहयोग भने प्राप्त हुन सकिरहेको छैन । राज्य पक्षबाट ओझेलमा परेको उक्त स्वरेक मैदान क्षेत्र स्थानियबासीहरुकै सेवा र सहयोगको आधारमा कामहरु हुदै आईरहेका छन ।

कसरी पुग्ने ?

सिद्धार्थ राजमार्ग अन्तर्गत भीरकोट नगरपालिका-१ बयरघारीबाट ९ किलोमिटर र वालिङ नगरपालिकाको वालिङ बजारदेखि १० र ११ किलोमिटरको कच्ची सडक हुँदै यस स्थलमा पुग्न सकिन्छ । स्वरेक मैदान जाने बाटोमा जानकारीको लागि बोडहरु राखिएकाले पुग्नलाई सहज हुने गर्दछ ।

यो पनि पढ्नुहोस्
स्याङ्जाको ऐतिहासिक धार्मिक स्थल श्रवणकुमार समाधि क्षेत्र र अन्धाअन्धी दह
एसियाकै सबैभन्दा ठुलो तनहुँको प्रसिद्ध पर्यटकीय गन्तब्य सिद्ध गुफा  
तनहुँको पर्यटकीय गन्तब्य तनहुँ कालिका शहीद तथा शान्ति पार्क  
पशु हत्या निषेध गरिएको गोरखाको सुन्दर पर्यटकीय गन्तव्य चुम भ्याली
चितवनको वाल्मीकिको साधनाभूमि र सीता आएर बसेको स्थल वाल्मीकि आश्रम


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !