१२ पुस २०८१, शुक्रबार

मनाङ एयर हेलिकोप्टर दुर्घटना (अपडेट) : पाइलटसहित सवैको परिचय खुल्यो


मनाङ एयरको हेलिकोप्टर फाइल फोटो

सोलुखुम्बु । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । हेलिकोप्टरमा रहेका पाइलटसहित विदेशी सवैको परिचय खुलेको छ ।

दुर्घटनाग्रस्त मनाङ एयरको हेलिकोप्टरमा क्याप्टेन चेत गुरुङ र अन्य ५ जना मेक्सिकन नागरिकसहित सवै ६ जनाकै परिचय खुलेको हो । हेलिकोप्टरमा मेक्सिकोका सिफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सिफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक रहेका थिए ।

सुर्केबाट उडेको मनाङ एयरको नाइन एन-एएमभी कलसाइनको हेलिकोप्टर लिखुपिके गाउँपालिका-५, भकान्जेस्थित लामजुराको च्यानडाँडामा दुर्घटना अवस्थामा चौरी गोठालाहरु भेटेका हुन् । भकान्जेको काँडेनजिकै ठूलो विस्फोटको आवाज आएपछि घटनास्थलमा हेर्दा हेलिकप्टर दुर्घटना भएको देखिएको स्थानीयले बताएका छन् ।

मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । दुर्घटनास्थलमा ५ जनाको शव फेला परेको प्रहरीले बताएको छ । जलेको अवस्थामा भेटिएका शवको अहिलेसम्म पहिचान भएको छैन । हेलिकप्टरमा सवार एकजनाको अवस्था अज्ञात छ ।

दुर्घटनाको कारण खुल्न सकेको छैन । यद्यपि सोलुबाट कठमाडौँका लागि उडेको हेलिकप्टर ‘रुखमा ठोक्किएर’ दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

पाइलटसहित सवैको परिचय खुल्यो

यो पनि पढ्नुहोस्

मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा ५ जनाको मृत्यु, एकको अवस्था अज्ञात

मनाङ एयरको हेलिकोप्टर सोलखुम्बुको लामजुरामा दुर्घटना

६ जना यात्रु सवार मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !