सुखी हुन र सफल हुन यसो गर्नुहोस् Nepalpatra सुखी हुन र सफल हुन यसो गर्नुहोस्
१० मंसिर २०७९, शनिबार

सुखी हुन र सफल हुन यसो गर्नुहोस्


आँक

सुन्दर सुखी जीवन प्राप्त गर्न कसलाई चाहना नहोला ? आज मैले यसै विषयमा प्रकाश पार्ने जमर्को गर्दैछु । कोही व्यपारमा त कोही राजनीतिमा कोही कम्पनीको काममा सफल हुन चाहन्छौं तर चाहँदा-चाहँदै पनि हामी सफल हुन सकि रहेका हुदैनौं ।

सफल हुन हामीले मेहनत गर्नुपर्छ, परिश्रम गर्नुपर्छ । जबसम्म हामीले मेहनत र परिश्रम गर्दैनौ भने केही हुनेवाला छैन । आउनुस् केहि जानौ केहि सिकौं । प्रकृतिले हामीलाई जन्म दिएको छ र पाल्नको लागी सफल हुनको लागी हामीलाई थुप्रै सामाग्री दिएको छ ।

केहि पाउन केहि गर्नुपर्छ भन्ने मान्यता छ । हामीले लाख कोसिस गर्दा पनि सफल हुन सकिरहेको हुदैनौं । आखिर किन यस्तो भइरहेको छ । यस बारेमा हामीले बुझ्नुपर्ने हुन सक्छ । घर बनाउदा होस् या व्यापार गर्दा होस् ग्रह हेराएर काम गर्न सकेको खण्डमा धेरै राम्रो हुन सक्छ भन्ने हाम्रो मान्यता छ ।

जीवन सफल हुनको लागी सबैको तालमेल जुट्नु पर्छ । मेहनत त गर्नुभएको छ पैसा पनि कमाउनु भएको छैन भने कहिन कहि ग्रहले रोकेको हुन सक्छ । सुर्यलाई त ग्रह लाग्छ भने हामी त मनुष्य अवस्य नै ग्रहदशा लागेको हुन सक्छ । ग्रह कसरी पन्छाउने जान्न आवश्यक छ ।

घर बनाउदा जगमा के राख्ने कुन दिशामा राख्ने, लक्ष्मीको स्थायित्व हुनलाई के गर्ने, परिक्षामा पास हुन के गर्ने, व्यापार गर्दै हुनुहुन्छ व्यापार बढोस् भन्न के के गर्ने जस्ता कुरालाई हामीले सदैव ध्यान दिएर तल दिएका फार्मुला अपनाउछौं भने सफल जीवनको सुरूवात निस्चित हुनेछ ।

१. आर्थिक स्थितिमा सुधार्न आँकको जरा

रविपुष्प नक्षत्रमा ल्याएको आँकको जरालाई धुप बालेर दाहिने हातमा बाध्नाले आर्थिक स्थितिमा सुधार हुनेछ ।

२. बच्चा नहुनेको लागि आँकको जरा

रविपुष्प योगमा आँकको जरा उखालेर लामो समयसम्म बच्चा नभएको महिलाको कम्मरमा कालो धागोमा बाधेर कम्मरमा बाँध्नाले ग्रह दशा समाप्त गरी बच्चा हुनेछ ।

३. मुद्धा-मामिला हटाउन आँकको जरा

पटक-पटक मुद्धा खेप्नु परेको भएमा आद्रा नक्षत्रमा आँकको जरालाई विधिपूर्बक गलामा पहिरनाले यो समस्या हल हुन्छ ।

४. मानिसलाई मोहित हर्न अपमार्ग

अपमार्गको जराको तिलक लगाउनाले जसले देख्छ उ मोहित हुन्छ भनेको छ । यो बुटीको टिका नेताहरुले प्रयोग गरेमा जनताको प्यारो हुने नेताले जे भन्छन् त्यही गर्ने शक्ति पैदा हुन्छ भनेर अनुभुत योगमा लेखेको छ ।

५. वाक् सिद्धि प्राप्त गर्न अपमार्ग

बोलेको पुगोस् भन्नाका लागी रातो अपमार्गको डाठले ६ महिना दतिवन गर्नाले वाक् सिद्धि प्राप्त हुन्छ ।

६. सन्तानको लागि अपमार्ग

रातो अपमार्गको जराको भष्म गाइको दूधसंग खान दिनाले शीघ्र सन्तान सुख प्राप्त हुनेछ ।

नोट : अन्य जानकारी क्रमश: दिदै जानेछु ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !