१५ बैशाख २०८१, शनिबार

कोरोना भाइरस (कोभिड-१९) ले दिएको सन्देश


कोभिड-१९
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

मान्छे मार्ने काममा नोबेल पुरस्कार विजेता कोरोना भाइरसले विश्व भ्रमण गर्दैछ । यसले वैज्ञानिकहरूलाई समेत चुनौती दिदैछ । जुन अन्तरिक्षसम्म उडान भर्न सफल भएका छन् । यो भाइरसको उपचार नै छैन भन्दा खासै फरक छैन भने मानव कसरी सन्चो भइरहेका छन त ? तर नोबेल कोरोना भाइरसलाई जित्ने खुवी छ भने केवल वैकल्पिक चिकित्सामा छ यो सबैले बुझ्न जरूरी छ ।

मैले विगत लामो समयदेखि वैकल्पिक चिकित्सामा आधारित उपचारलाई यदि वैज्ञानिक मान्यता दिन्छ भने भाइरसको औषधि तयार गरेर मानिसलाई बचाउन सक्ने प्रशस्त सम्भावना देखिएको छ । परम्परा चिकित्सामा आधारित ताजा जडिबुटी बनाएर स्वास्थ र रोगी दुवैलाई दिन सकिन्छ भने यसले मानिसको ज्यान अकालमा जानबाट बचाउन प्रशस्त सम्भावना देखिएको छ । खाएर निको हुनु भनेकै वैज्ञानिक आधार हो यसमा कुनै शंका छैन ।

आज वैकल्पिक चिकित्सा प्रती वैज्ञानिक आधार खोज्नेहरूका कारण विश्वले दुख्ख भोग्दै आएको छ । आधुनिक चिकित्सा विज्ञान फेल भइसकेको र अब यस्को उपचार क्षेत्रमा केवल रोग दबाउने काम भएकाले आज मानिसहरू दवेको रोगमा किटाणू प्रेवश हुनाले मान्छे मर्ने गरेको पाइन्छ ।

मानिसलाई रोग लाग्नु र मर्नुको पछिको प्रमुख रहस्य कृतिम खाना भनौं या विषादी मिलाएको खानाले भन्दा खासै फरक छैन । अब देशमा जडिबुटीबाट उपचार गर्ने केन्द्रको स्थापना हुन आवश्यक देखिन थालेको छ ।

यदि यसो हुन्छ भने मलाई लाग्छ सर्जरी छोडेर सवै एलोपैथिक औषधि माथि यसका खराब पक्ष केलाउन आवश्यक देखिन सक्छ । आज नोबेल कोरोना भाइरसको कारणले एलोपैथिक उपचार सक्षम नभएको उदाहरण प्रस्तुत गरेको प्रष्ट देखिन थालेको छ ।

हामीले ५००० बर्ष पहिले देखि प्रयोगमा आएको आयुर्वेदिक होम्योपैथीक र युनानी चिकित्सा पद्धतिमाथि अन्याय भएको र यो चिकित्सा पद्धति नै यो नोबेल कोरोना भाइरसले एलोपैथिक उपचार नै सफल छैन भन्न खोजेको जस्तो लागेको छ । मान्छे मर्नुको पछाडिको रहस्य अनावश्यक एलोपैथिक औषधिको प्रयोग भन्ने शन्देश नोबेल कोरोनाले बोकेको देखिएको छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार तथा पत्रकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !