२२ बैशाख २०८१, शनिबार

धर्मको नाममा मानिसलाई लडाएर हिंसा सिर्जना गर्नु अपराध


हिन्दु धर्म

काठमाडौँ । सनातन हिन्दु धर्मले विश्वका अधिकाँश भू-भाग वगडदै गएको हामीले देख्न सकिन्छ । धर्मले पहिचान दिलाउन ठूलो मद्दत गरेको हुन्छ । सनातन धर्मको जग बलियो छ ।

ॐ असतो मा सद्गमय। तमसो मा ज्योतिर्गमय। मृत्योर्मामृतं गमय ॥

यसको अर्थ हो – ईश्वर मलाई असत्यबाट सत्यको मार्ग लैजानुहोस् । अध्यारोबाट उज्यालोतर्फ लैजानुहोस् । मृत्युबाट अमरतातर्फ लैजानुहोस् ।

प्राणीको जन्म हुन्छ । जन्मपूर्व नै उसले सनातन धर्मको रक्षा गर्ने बाचा गरेर उसको जन्म भएको हुन्छ । यो धर्तीमा झर्दा उ चिया-चिया गरेर रूनासाथ लोभ र मायाको भुमरीमा फसिरहेको हुन्छ । उसको जीवनमा ठूलो भार थपिएको हुन्छ ।

जीवन एउटा कर्कलाको पातमा अडिएको पानी जस्तो हो, जुनबेला खस्छ कसैलाई थाहा भएको हुदैन । जब हावा चल्छ अब खस्यो तब खस्यो भन्ने हुन्छ ।त्यसको केही भरोसा हुँदैन ।

सनातन धर्मको उद्धेश्य कसैको अहित नहोस्, सवै मिलेर बाँच्न सकुन । सवैको परिवार छन्, सवै बाच्न पाउनुपर्छ भन्ने रहेको हुन्छ । यसमा स्वार्थ छिपेको हुँदैन । विश्वमा स्वार्थमा रहेको धर्मले केवल स्वार्थमा मात्र काम गरेको हुन्छ ।

धर्मको नाममा मानिसलाई लडाएर धार्मिक हिंसा सिर्जना गर्नु अपराध हो । नेपाली निरोगी थिए तर धर्म परिवर्तन गराएर रोगको दलदलमा फसाएर भएपनि आफ्नो औषधि बेच्ने काममा धेरै अगाडि छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !