१३ बैशाख २०८१, बिहिबार

युक्रेन युद्धले नांगेझार बनाएका शब्दजालहरु


युक्रेन युद्ध

काठमाडौँ । रुसले युक्रेनमाथि सुरु गरेको सैन्य अपरेसनको समयावधि दश महिना पुग्नै लागेको छ । यस विषयलाई लिएर विश्व जनमत अभूतपूर्व रुपमा विभाजित बन्दै गएको छ । युद्धको गहिराई र व्यापकतासंगै विश्वको भू–राजनीतिले पनि बहु-ध्रुविय आकार ग्रहण गर्दै गएको छ । विश्व आर्थिक मन्दी र मुद्रास्फिति दुश्चक्रमा फस्दै गएको छ । मालसामान आपूर्तीका श्रृंखलाहरु अबरुद्ध भएका छन् । परिस्थिति यति बिग्रिसकेको छ कि यसैबाट तृतीय विश्वयुद्ध सुरु हुने सम्भावनाका बारेमा सबै विश्वस्त हुँदै गएका छन् ।

विश्व आर्थिक मन्दी र मुद्रास्फिति दुश्चक्रमा फस्दै गएको छ । मालसामान आपूर्तीका श्रृंखलाहरु अबरुद्ध भएका छन् । परिस्थिति यति बिग्रिसकेको छ कि यसैबाट तृतीय विश्वयुद्ध सुरु हुने सम्भावनाका बारेमा सबै विश्वस्त हुँदै गएका छन् ।

रुस–युक्रेन युद्धले पश्चिमाहरुको ढोंग र पाखण्डलाई राम्रोसंग उजागर गरेको छ । सञ्चार क्षेत्र, आर्थिक नीतिहरु, राजनीतिक मूल्य एवं मान्यताहरु, अन्तर्राष्ट्रिय कुटनीतिक सम्बन्धका आदर्शहरु, गठबन्धनका सिद्धान्त, सबै क्षेत्रमा ब्याप्त रहेका भ्रामक धारणाहरु चकनाचुर भएका छन् । स्वतन्त्रता, निष्पक्षता, तटस्थता, समानता, मानवाधिकार, प्रजातन्त्र, न्याय, सार्वभौमिकताको सम्मान जस्ता शब्दजालहरु भित्रको जहर सतहमा छताछुल्ल भएको छ । सबैका लागि भन्ने नारा घातक छ भन्ने तथ्य स्पष्ट भएको छ ।

स्वतन्त्रता, निष्पक्षता, तटस्थता, समानता, मानवाधिकार, प्रजातन्त्र, न्याय, सार्वभौमिकताको सम्मान जस्ता शब्दजालहरु भित्रको जहर सतहमा छताछुल्ल भएको छ । सबैका लागि भन्ने नारा घातक छ भन्ने तथ्य स्पष्ट भएको छ ।

इुक्रेन युद्धपछिको समयका संसारभरीका समाचारहरु हेर्ने हो भने सबैमा एकहोरो प्रचार देखिन्छ । पश्चिमा जगतका सञ्चार अंगहरुले रुस र रुसको नजिक रहेका देशहरु बाहेक अरु कसैलााई दोषी देख्दैनन् । रुस र त्यसप्रति सहानुभूति राख्ने सञ्चार गृहहरुले एकहोरो रुपमा अमेरिका र नेटो नै यसका लागि जिम्मेवार रहेको प्रचार गरिरहेका छन् । जुन देशहरु खुलेर रुस वा पश्चिमाहरुको पक्षमा उभिन सकेका छैनन्, तिनीहरुले पनि आफूलाई जताबाट फाइदा भएको छ, त्यसकै हितमा समाचार दिइरहेका छन् ।

आफूले अर्काका विरुद्धमा जनमत बनाउनु पर्दा मानव अधिकारको ढोल बजाउन कोही पछाडि परेको छैन र आफ्नो निहित स्वार्थमा भकाभक मानिसहरु मार्नु पर्दा त्यसलाई प्रतिरक्षात्मक कार्वाही वा आतंकवाद विरुद्धको कार्वाहीका रुपमा प्रचार गर्न पनि कोही पछि परेको छैन । जसले शक्तिशालीहरुको स्वार्थका लागी अपराध गरिरहेको हुन्छ, त्यसको मानव अधिकार हुन्छ । जो शक्तिको आडभरोसा बाहिर हुन्छ, त्यसले खान नपाएर मर्दा त्यो विषय प्रतिस्पर्धा गरेर बाँच्न नसक्ने मानिसको स्वाभाविक नियति बन्छ ।

खुला बजार अर्थतन्त्रको सिद्धान्त बनाउने अमेरिकी र युरोपीयनहरु हुन् । युक्रेनले निम्त्याएको आर्थिक संकटका बीचमा आज तिनैहरुले यो सिद्धान्तको धोती फुकालिरहेका छन् । अमेरिकाले आफ्ना नागरिकका व्यवसाय, उद्योग र उत्पादक कम्पनीहरुलाई अनुदान दिँदा जर्मनी, फ्रान्स, दक्षिण कोरियाले अमेरिकामाथि खुला बजार सम्झौताको उल्लंघन गरेको आरोपमा मोर्चाबन्दी गर्छन् । जर्मनी, फ्रान्सले ईयुको नीतिविरुद्ध यस्तै काम गरेका छन् । तर कमजोरहरुलाई लुट्ने बेला यिनीहरुको सिद्धान्त खुला बजार नै हो ।

अमेरिकाले आफ्ना नागरिकका व्यवसाय, उद्योग र उत्पादक कम्पनीहरुलाई अनुदान दिँदा जर्मनी, फ्रान्स, दक्षिण कोरियाले अमेरिकामाथि खुला बजार सम्झौताको उल्लंघन गरेको आरोपमा मोर्चाबन्दी गर्छन् । जर्मनी, फ्रान्सले ईयुको नीतिविरुद्ध यस्तै काम गरेका छन् । तर कमजोरहरुलाई लुट्ने बेला यिनीहरुको सिद्धान्त खुला बजार नै हो ।

अमेरिकाको तेलको स्वार्थ पूरा हुँदासम्म साउदी अरेबिया र युएई जस्ता चुनावै नहुने देशहरु पनि मानव अधिकार भएका प्रजातान्त्रिक देशहरु हुन् । अमेरिकाको कुटिल स्वार्थमा तगारो बनेपछि चुनावबाट चुनिएका पुटिन, लुकासेन्को र मदुरो पनि मानव अधिकार हनन् गर्दै आएका अधिनायकवादीहरु हुन् । युक्रेन संकट भन्दा अगाडी अमेरिकी आँखामा पत्रकार जमाल खस्सोगीको हत्यारा सायदी शासक विन सलमान थिए । युक्रेन संकटपछि सलमानको निकटता रुस र चीनसंग बढेपछि उनी दोषी नभएको प्रमाण–पत्र ।

परमाणु हतियार विध्वंश र विनाशका साधन बाहेक केही होइन भन्ने कुरा सबैलाई थाहा छ । तर जो ठूला शक्तिहरुसंग यस्ता घातक हतियार छन, ती शान्तिका लागि जरुरी छन् भन्ने कथन गढिएको छ । तर जो आफ्ना लागि समस्या छन्, तिनीहरुका हातमा परमाणु हतियार हुनु वा नभएकाले बनाउन कोशिस गर्नु विश्व शान्तिका लागि गम्भीर चुनौती हो । अमेरिकाले जापानमा परमाणु बम खसालेर दुई लाख मानिस मर्नु युद्धको नियम भित्रको कुरा हो । रुसले यस्तै धम्कि दिंदा त्यो मानवतालाई दिएको धम्कि हो ।

अमेरिकाले जापानमा परमाणु बम खसालेर दुई लाख मानिस मर्नु युद्धको नियम भित्रको कुरा हो । रुसले यस्तै धम्कि दिंदा त्यो मानवतालाई दिएको धम्कि हो ।

अमेरिकाले सिरीयामा सेना राखेर तेल लुट्नु आतंकवाद विरुद्धको लडाईं हो, मुस्लिम र क्रिश्चियनको विवाद झिकेर सुडान विभाजित गर्नु वा युगोस्लाभियामा जातिय युद्ध गराएर त्यसलाई ५ टुक्रा बनाउनु स्वतन्त्रताको अधिकार हो तर रुसले युक्रेनमाथि कार्वाही गर्नु अर्काको सार्वभौमसत्तामा गम्भीर उल्लंघन हो । अमेरिकाले धाकधम्कि, दबाब र हस्तक्षेप मार्फत् विश्वका ७५० स्थानहरुमा आफ्ना सैन्य क्याम्पहरु राख्नु शान्ति र चीनले दक्षिण चीन सागरमा दाबी गर्दा अर्काको सार्वभौमिकताको उल्लंघन हो ।

पश्चिमाहरुले एशियाली, अफ्रिकी र ल्याटिन अमेरिकी देशहरुमा चलाएका कथित कलर रिभोल्युसन नामका सडकछाप प्रतिविद्रोहहरु प्रजातान्त्रिक आन्दोलन हुन्छन् । जनमतबाट चुनिएका युक्रेनी राष्ट्रपति यानुकोवीचलाई सडकबाट अपदस्त गराउँदा त्यो नागरिकहरुको अधिकार हुन्छ तर अमेरिकामा डोनाल्ड ट्रम्पले चुनाव जित्दा त्यो डेमोक्रेटहरुका लागि रुसी हस्तक्षेपको नतिजा हुन्छ । दलाई लामाको तिब्बत टुक्र्याउने अभियान प्रजातन्त्र हो, सर्वियाले आफुबाट छुट्टयाईएको कोसोभो खोज्नु साम्राज्यवादी नीति हो ।

मैले उपरोक्त उदाहरणहरु के ठिक र को बेठिक न्ने सन्दर्भमा गरिरहेको छैन । उठाउन खोजेको मूल विषय विश्वमा आरोपित गरिएको पाखण्डको अन्तर्वस्तुलाई उजागर गर्नु मात्र हो । सबैका लागि प्रजातन्त्र, सबैका लागि न्याय, सबैको मानव अधिकार, सबैको बराबरी सम्मान, सबैको बाँच्न पाउने अधिकार जस्ता जति पनि पदाबलीहरु प्रयोग गरिन्छन्, यी सबै शब्दजाल (Jargon) मात्र हुन् । ‘सबैका लागि‘ भन्ने अवधारणा एकदमैं भ्रामक छ । जुन चिज एउटाका लागि उचित हुन्छ, त्यो अर्काका लागि अनुचित हुन्छ ।

सबैका लागि प्रजातन्त्र, सबैका लागि न्याय, सबैको मानव अधिकार, सबैको बराबरी सम्मान, सबैको बाँच्न पाउने अधिकार जस्ता जति पनि पदाबलीहरु प्रयोग गरिन्छन्, यी सबै शब्दजाल (Jargon) मात्र हुन् । ‘सबैका लागि‘ भन्ने अवधारणा एकदमैं भ्रामक छ । जुन चिज एउटाका लागि उचित हुन्छ, त्यो अर्काका लागि अनुचित हुन्छ ।

नेपालमा कथित लोकतन्त्र छ भन्ने कहावत लुटेरा विदेशी दलालहरुका लागी सत्य हो तर बेरोजगार भएर वा गरिखान समेत् नपाएर जो विदेशिन विवश भएका छन्, तिनीहरुका लागि लोकतन्त्र छ भन्ने कुरा असत्य हो । निरपेक्ष सत्य भन्ने कुरा नै हुँदैन । सबैका लागि वा समान भन्ने कुनै चिज हुँदैन । सबै चिजको अर्थ सापेक्ष हुन्छ । दुई फिट गहिरो खोला हात्तीका लागि छिपछिपे पानी हो, त्यही खोला खरायोका लागि डुबाएर ज्यान लिने महासागर हो । खोलाको गहिराई हात्ती र खरायोको उँचाईमा अर्थ्याउनु पर्छ ।

दुई फिट गहिरो खोला हात्तीका लागि छिपछिपे पानी हो, त्यही खोला खरायोका लागि डुबाएर ज्यान लिने महासागर हो । खोलाको गहिराई हात्ती र खरायोको उँचाईमा अर्थ्याउनु पर्छ ।

खुला बजार भनेको बलियो अर्थतन्त्र हुनेहरुका लागी स्वस्थ प्रतिस्पर्धाको आदर्श हो, जो प्रतिस्पर्धा गर्न नसक्ने छन्, तिनीहरुका लागि सर्वनाश हो । एउटा सबल मानिस र लंगडो मानिसका वीचमा दौडको प्रतिस्पर्धा गराउनु पागलपन हो । अर्थतन्त्रको निजीकरणपछि नेपालको हालत कस्तो छ भन्ने कुरा भुल्नु हुँदैन । हामीले अहिले नेपालमा प्रचलित प्रजातन्त्र, विकास, मानवाधिकार, स्वतन्त्रता, न्याय जस्ता शब्दजालहरुको सापेक्ष अर्थ परिभाषित गर्न प्रयास गर्यौं भने देश अपराधीहरुको कब्जाबाट मुक्त हुन धेरै समय लाग्दैन ।

*लेखक भरत दाहाल राजनीतिक विश्लेषक हुन् ।

यो पनि पढ्नुहोस्

हत्कण्डा, मृगमरिचिका र यथार्थता

हाम्रो देश र हामी भत्किंदै जानुका कारणहरुका बारेमा हामीले बहस किन गर्दैनौं ?

विश्वको भू–राजनीति युगान्तकारी उथलपुथलको दिशामा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !