हाम्रो देश र हामी भत्किंदै जानुका कारणहरुका बारेमा हामीले बहस किन गर्दैनौं ? Nepalpatra हाम्रो देश र हामी भत्किंदै जानुका कारणहरुका बारेमा हामीले बहस किन गर्दैनौं ?
२२ मंसिर २०७९, बिहिबार

हाम्रो देश र हामी भत्किंदै जानुका कारणहरुका बारेमा हामीले बहस किन गर्दैनौं ?


भरत दाहाल

काठमाडौँ । पश्चिमा शास्त्रले राजनीतिलाई शक्तिका लागि हुने संघर्ष (Struggle for Power) को अर्थमा ब्याख्या गर्दछ । पश्चिमाहरुकै उत्पत्तिका रुपमा रहेको प्रजातन्त्रको ब्याख्यामा दलियताको अनिवार्यता, शासन प्रणालीमा दलिय सर्वोच्चता, आवधिक निर्वाचन र सत्ताका लागी प्रतिस्पर्धा जस्ता अन्तर्वस्तुहरु समेटिएका छन् । यी दुई वटा अवधारणाहरुको सैद्धान्तिक सारतत्व हेर्ने हो भने राजनीतिमा शक्ति र त्यसको प्राप्तिका लागि गरिने संघर्षका मुद्दाहरु छन् । प्रजातन्त्रमा पनि दलहरुका वीचमा हुने संघर्ष (प्रतिस्पर्धा) लाई नै यसको सर्वोत्तम रुप मानिएको छ । संघर्ष वा प्रतिस्पर्धा भनेको निषेध हो ।

पश्चिमा शास्त्रले राजनीतिलाई शक्तिका लागि हुने संघर्ष (Struggle for Power) को अर्थमा ब्याख्या गर्दछ । प्रजातन्त्रमा पनि दलहरुका वीचमा हुने संघर्ष (प्रतिस्पर्धा) लाई नै यसको सर्वोत्तम रुप मानिएको छ । संघर्ष वा प्रतिस्पर्धा भनेको निषेध हो ।

राजनीतिको शाब्दिक अर्थ राज्य सञ्चालन गर्ने नीति वा राज्य नीति भन्ने हुन्छ । राज्य सञ्चालनको नीतिमा शक्ति हत्याउने विषय मात्र पर्दैन भन्ने कुरा सहजै बुझ्न सकिन्छ । यसमा देश र समाजसंग सम्बिन्धित आर्थिक, सामाजिक, सांस्कृतिक, नैतिक जनजीवन लगायत शासकिय मामिलाहरु पनि पर्दछन् । सभ्यताका उत्पत्तिका रुपमा रहेका परम्परागत मूल्यहरु, राष्ट्रिय मनोविज्ञान, नागकिहरुको नैसर्गिक अधिकारका रुपमा रहेका शिक्षा, स्वास्थ्य र सुरक्षाका विषयहरु, देशको सार्वभौमिकता र अखण्डता लगायत राज्यको दायराभित्र आउने यावत् प्रश्नहरु राज्य सञ्चालनको नीतिभित्र पर्दछन् ।

हाल प्रचलित राजनीतिको परिभाषाले शक्तिका लागि लड्ने कुरा मात्र सिकाईरहेको छ । यसले समन्वय, सहकार्य, मेलमिलाप, एकता, सह–अस्तित्व, परोपकार, मानवता जस्ता कुरालाई स्विकार गर्दैन । विगत ५ सय वर्षयताको विश्व इतिहास हत्या, हिंसा र युद्धहरुको इतिहास बन्नुको कारण यही हो । यति मात्र होइन, संसारका सबैजसो ठूला युद्धहरु युरोपमैं हुनुको आधारभूत कारण पनि तिनीहरुको रगतमा अबिरल रुपमा बग्दै आएको निषेध र द्वन्दको विचार हो । पश्चिमा राष्ट्रहरु जाति निषेधको प्रक्रियाबाट बनेको हुनाले अरु सबै क्षेत्रमा निषेधलाई नै आधार बनाएर विचारहरुको विकास गरिएको छ ।

हाल प्रचलित राजनीतिको परिभाषाले शक्तिका लागि लड्ने कुरा मात्र सिकाईरहेको छ । यसले समन्वय, सहकार्य, मेलमिलाप, एकता, सह–अस्तित्व, परोपकार, मानवता जस्ता कुरालाई स्विकार गर्दैन । विगत ५ सय वर्षयताको विश्व इतिहास हत्या, हिंसा र युद्धहरुको इतिहास बन्नुको कारण यही हो ।

प्रचलित प्रजातन्त्रमा दुई वटा आधारभूत तत्वहरु छन् । एउटा हो, दलिय सर्वोच्चता वा दलहरु नभए प्रजातन्त्र हुँदैन भन्ने मान्यता र अर्को हो, सत्ता कब्जा गर्नका लागि दलहरुका वीचमा प्रतिस्पर्धा वा लडाईं हुनु पर्दछ भन्ने मान्यता । यसमा देश, समाज र नागरिकहरु दलहरूभन्दा माथि सर्वोच्च हुन्छन् भन्ने मान्यताको स्थान छैन । यसले बहुमत नागरिकहरुको प्रतिनिधित्व पनि गर्दैन । यसले नागरिकहरुको बहुमतमा नभई बहुसंख्याको अंक गणितमा विश्वास गर्दछ । शासन प्रणालीको नेतृत्व गर्नका लागि जनताको बहुमत होइन, सबैभन्दा धेरै संख्या जिते पुग्छ । यो अल्पमत कुलिनहरुको हैकम हो ।

वास्तविक प्रजातन्त्रलाई ३ वटा आयाममा बुझ्न सकिन्छ । त्यसमा पहिलो हो, नागरिकहरुको खुसी, सुखी, सुरक्षित, सन्तुष्ट जीवन । यसको दोश्रो आयाम सभ्यताका उत्तरदानका रुपमा रहेका मूल्यहरुको संरक्षण हो भने तेश्रो आयाममा देशको सार्वभौमिकता र भौगोलिक अखण्डता पर्दछन् । तर हामीले परिकल्पना गर्ने गरेको गौरवशाली राष्ट्रिय, ऐतिहासिक एवं मानवीय जीवन किन प्राप्त हुँदैन ? के कारणले यो कथित प्रजातन्त्रले नेपाल र नेपालीहरुलाई वर्वाद मात्र बनाउँदै आएको छ ? यसको एक मात्र जबाफ हो, अर्काको नक्कल गरेर हामीले आयात गरेका विनाशकारी सिद्धान्त र मूल्य–मान्यताहरु ।

हामीले परिकल्पना गर्ने गरेको गौरवशाली राष्ट्रिय, ऐतिहासिक एवं मानवीय जीवन किन प्राप्त हुँदैन ? के कारणले यो कथित प्रजातन्त्रले नेपाल र नेपालीहरुलाई वर्वाद मात्र बनाउँदै आएको छ ? यसको एक मात्र जबाफ हो, अर्काको नक्कल गरेर हामीले आयात गरेका विनाशकारी सिद्धान्त र मूल्य–मान्यताहरु ।

पश्चिमाहरुले थोपरेको र दलाल मनोवृत्तिले आयात गरेको यो विनाशकारी बोझ हाम्रा लागि किन घातक साबित भयो भन्ने प्रश्नको जबाफ पनि खोज्नु पर्दछ । हामीलाई थाहा छ, विश्व विभिन्न विविधताले बनेको छ । मानिस जस्तो हावापानी, भू–बनौट र अन्य प्राकृतिक परिवेशमा बसेको हुन्छ, त्यसले आफ्नो आवश्यकता अनुसार त्यस्तै प्रकारका सोंच, विचार, मूल्य–मान्यता, जीवन पद्धतिहरु र भौतिक परिवेशको विकास गरेको हुन्छ । हामीले आत्मसात गरिरहेका कुनै पनि चिजहरु हाम्रो देशको समग्र परिवेश हेरेर विकास भएका होइनन् । यस्ता मूल्यहरुसंग हाम्रो आवश्यकताको कुनै सम्बन्ध छैन ।

विभिन्न वादका नाममा हामीले अंगिकार गर्दै आएका चिजहरु जसले प्रतिपादन गरे, यसमा तिनीहरुकै भौतिक-सामाजिक परिवेश र त्यसै अनुसारका मूल्यहरु जोडिएका छन् । यहाँका कथित प्रजातन्त्रवादीहरुले अब्राहम लिंकनप्रति गर्व गर्छन, शेक्सपियरलाई महानतम् साहित्यकार मान्छन्, न्यूटनलाई गुरुत्वाकर्षणको प्रणेता ठान्छन् तर वैदिक साम्यवाद, शाक्य गणराज्य, लक्ष्मीप्रसाद देवकोटा र गुरुत्वाकर्षणको नियम बताउने गौतम ऋषीका बारेमा यिनीहरु अन्जान छन् या स्वदेशी गौरवप्रति यिनीहरुमा घृणा छ किनभने यिनीहरुको दिमाग विदेशीपनका विचार र मूल्यहरुको स्कूलिङले दुषित छ ।

कथित प्रजातन्त्रवादीहरुले अब्राहम लिंकनप्रति गर्व गर्छन, शेक्सपियरलाई महानतम् साहित्यकार मान्छन्, न्यूटनलाई गुरुत्वाकर्षणको प्रणेता ठान्छन् तर वैदिक साम्यवाद, शाक्य गणराज्य, लक्ष्मीप्रसाद देवकोटा र गुरुत्वाकर्षणको नियम बताउने गौतम ऋषीका बारेमा यिनीहरु अन्जान छन् या स्वदेशी गौरवप्रति यिनीहरुमा घृणा छ किनभने यिनीहरुको दिमाग विदेशीपनका विचार र मूल्यहरुको स्कूलिङले दुषित छ ।

भाडाका स्वघोषित कम्युनिष्टहरुको हालत यो भन्दा खराब छ । यिनीहरुको जीवनकै लक्ष्य भनेको स्वदेशीपनलाई मास्नु हो । यिनीहरुले हँसिया–हथौडाको झल्लर ओढेर युरो–अमेरिकी, इण्डियन साम्राज्यवादका खुट्टामा ढोग्दै आएका छन् । धन सम्पत्ति र सत्ताका लागि देशद्रोह गर्नु यिनीहरुको राजनीतिक धर्म हो । परिवर्तनका लागि मानिसहरुको हत्या नगरिन हुने मान्यता यिनीहरुको सैद्धान्तिक मर्म हो । आज हामीले कथित प्रजातन्त्रवादी र स्वघोषित साम्यवादीहरुमा देश, समाज र नेपालीहरुका बिरुद्ध जुन प्रकारको चट्टानी एकता देखिरहेका छौं, यसको कारण यिनीहरुमा रहेको साझा विदेशी स्कूलिङ हो ।

हामीले कथित प्रजातन्त्रवादी र स्वघोषित साम्यवादीहरुमा देश, समाज र नेपालीहरुका बिरुद्ध जुन प्रकारको चट्टानी एकता देखिरहेका छौं, यसको कारण यिनीहरुमा रहेको साझा विदेशी स्कूलिङ हो ।

कमसेकम दृष्टिकोण र अवधारणाको प्रारम्भिक तहमा हामीले केहि आधारभूत विषयहरुका बारेमा बहस अगाडि बढाउनु पर्ने बेला भइ सकेको छ । राजनीति भनेको राज्यको समग्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशलाई सञ्चालन गर्ने नीति हो कि शक्ति प्राप्तिका लागि लड्ने शक्ति नीति ? प्रजातन्त्र भनेको देश, समाज र नागरिकहरुको हित हो कि दलिय सर्वोच्चता ? देश, समाज र नागरिकहरुको हित हित हुन सक्ने अर्को उत्तम बाटो भएमा दल नै किन चाहियो ? कुनै शासन प्रणालीले देश, समाज र नागरिकहरुको पक्षमा १० बर्षसम्म कुसलतापूर्वक काम गर्न सक्छ भने आवधिक चुनाव के का लागि ?

सबै पुगिसरी आएका लुटेरा कुलिनहरुका लागि बकबकाउने अधिकार प्रजातन्त्रको प्राथमिकतामा पर्छ होला तर जो सबै अवसरबाट बञ्चित छन्, तिनीहरुका लागी प्रजातन्त्र भनेको दैनिक आवश्यकताहरुको पूर्ति, सन्तुष्टि र जीवनको सुरक्षाको ग्यारेन्टी हो । सबै विषयहरुको ब्याख्या आ–आफ्नो सापेक्षतामा हुन्छ । हामीले हाम्रा आवश्यकताहरुलाई आफ्नो सापेक्षतामा बुझ्न सकिरहेका छैनौं । यसै कारणले गर्दा हामी वर्वाद हुँदै गएका छौं । हामीले विचारको बोक्रे आदर्श समातेर जे गरिरहेका छौं, यो सबै अर्काका लागि गरिरहेका छौं । त्यसैले देश मर्दै गयो, समाज मर्दै गयो र नागरिकहरु परदेशिन बाध्य हुँदै गए ।

*लेखक भरत दाहाल राजनीतिक विश्लेषक हुन् ।

यो पनि पढ्नुहोस्

विश्वको भू–राजनीति युगान्तकारी उथलपुथलको दिशामा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !