१४ बैशाख २०८१, शुक्रबार

देशको विकास हुनुमा व्यक्ति स्वतन्त्र हुन आवश्यक


डा. राम बहादुर बोहरा

जबसम्म मान्छे स्वतन्त्र हुदैन तबसम्म उसले आफ्नो कुरा राख्न सक्दैन । आज स्वतन्त्र हुन नसक्दा उसले केहि सोच्ने मौका पाएको हुदैन । तर नेपाली राजनीतिको सदस्य लिएकाहरू प्रायः पार्टी प्रती बफादार भएका हुन्छन् यसले उनीहरूमा पार्टीप्रति इमानदार रहेर केहि बोल्न सकिरहेका हुदैनन् ।

आफ्नो पार्टीले भ्रष्टाचार गरेपनि मुकदर्शक भएर बस्ने गरेका हुन्छन् यो गलत हो । जबसम्म पार्टीको सदस्य हटाएर नागरिकलाई स्वतन्त्र बनाउन सकिदैन तबसम्म परिवर्तन सम्भव छैन । कतिपय पार्टीले त सदस्यता वापत पैसा लिने गरेका छन् पार्टीको स्वार्थका लागि ।

केहि नराम्रा छवि भएका नेतृत्वहरूले व्यक्ति र राष्ट्रको स्वार्थ भन्दा माथि उठेर खुलेर भ्रष्टाचार गर्दछन् । तर साधारण सदस्य भनेदेखि पनि नबोल्ने गरेका घटना समाजमा देख्न सकिन्छ ।

आज देश सुहाउदो भेष भन्दा पनि स्वार्थमा रोमिलिएर काम गर्ने परिपाटीले गर्दा पार्टीको सदस्य लिनेहरू देख्दा पनि मुकदर्शक बनेका हुन्छन् यसरी देशमा भ्रष्टाचार मौलाएको छ । यस्तो क्रियाकलाप जबसम्म तलदेखि रोक्न सकिन्न तबसम्म भ्रष्टाचार रोकिने वाला छैन ।

फजुल खर्चले व्यक्ति मात्र होइन राष्ट्र समेत ऋणमा डुब्न सक्छ । दुरदर्शिता नभएका नेताहरूका कारण आज देश ऋणले डुब्दैछ । ३ करोड जनता भएको देशमा यति ठूलो जम्बो सांसद राख्नु भनेको देशलाई समाप्त पार्न खोजेको प्रष्ट देखिन्छ ।

हामीले काम गर्नको लागि विदेशी नक्कल होइन स्वदेशी माटो सुहाउँदो सांसद कोटा बनाएर देशको विकास गर्न सक्छौ । महंगी नियन्त्रण गर्दै राष्ट्रको स्वार्थमा काम गर्दै अघि बढ्न सके परिवर्तन तब मात्र सम्भव देखिन्छ ।

नेपाल एउटा कृषि प्रधान देश थियो तर नेपाली उत्पादनले बजार पाउन नसक्दा जमिन बाझो हुदै गयो यसतर्फ कसैको ध्यान पुग्न सकेन । नेपाली युवा वैज्ञानिकहरू क्रमश: विदेश पलायन हुदै गए देशले उनीहरूलाई प्रोत्साहन दिन सकेन या प्रयोगमा ल्याउन सकेन यो पनि दु:खद हो भन्दा खासै फरक छैन ।

बाटो घाटो हुदैमा देशको विकास हुने होइन त्यसका लागि देशमा विकास हुन आवश्यक छ । उत्पादन छैन तर बाटो छ भने यसको कुनै औचित्य छैन । आज देशले अनावश्यक भार वहन गर्न सकि रहेको छैन । यसतर्फ सबैको ध्यान जान आवश्यक छ ।

नेपालीका लागि संघीयता घाडो भएको धेरैको मत छ । देशको विकास हुनका लागी फजुल खर्च हटाएर काहाँ केको कमि छ भन्ने कुरामा केन्द्रित रहेर विकासका योजना अघि सार्दै भ्रष्टाचार गरेकाहरूलाई सर्वस्वसहित जन्मकैदको कानुन बनाएर सबैका लागि न्याय बराबर हुने गरी विकासको गति अघि सार्न सकेमा मात्र देशको विकास सम्भव देखिन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !